बिराटनगर, कार्तिक ९ गते । कटहरी गाउँपालिका वडा नं. २ र विराटनगर महानगर पालिका वडा ८ जोड्ने हाटखोलाको सिंघिया पुललाई जिर्णोद्धछारका लािग मोरंग व्यापार संघका टोलीले जिल्ला प्रशासन कार्यालय मोरंगमा ज्ञापन पत्र बुझाएको छ ।
जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोला स्थित सिंघिया पुलको नाजुक अवस्था प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत रहेको कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रमा संचालित सयौँ उद्योग, कल–कारखानाहरु तथा मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई औद्योगिक नगरी एवं व्यवसायिक केन्द्र विन्दु विराटनगर शहर र विराटनगर भन्सार नाकासँग जोड्न तथा आवागमन गर्न सो पुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगर देखि र्पुव हुलाकी मार्गमा पर्ने सिघिया पुर्वको क्षेत्रमा उत्पादन भएको वस्तुहरुलाई बजार सम्म पु¥याउन एक मात्र विकल्पको रुपमा रहेको पुललाई सामान्य जिर्णोद्वार मात्र गरिँदै आएको उक्त पुल हालको भिषण बाढीका कारण थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेको जानकारी जानकारी गराएका थिए ।
बिराटनगर व्यापरा कोरिडोरका आर्थिक क्रियाकलापहरु मध्ये सो क्षेत्रमा औद्योगिक÷व्यवसायिक गतिविधिहरु र मालवाहक सवारी साधानहरुको आवागमन चाप अत्याधिक हुने गरेको जनाउँदै हालको जिर्ण अवस्थाको सो पुलको समयमै जिर्णोद्वार नगरिए निकट भविष्यमै पुल क्षतिग्रस्त हुन गई जनधनको ठूलो क्षति हुन सक्ने, सो क्षेत्रसँगको मार्ग विच्छेद भई सयौँ औद्योगिक÷व्यवसायिक प्रतिष्ठानहरु र स्थानीय बजारहरुको आर्थिक गतिविधि ठप्प हुने, हजारौँले रोजगारी गुमाउने आदि विभिन्न भयावह स्थिति श्रृजना हुने तर्फ सचेत गराउनु गराउँदै तत्कालै सो पुलको जिर्णोद्वार तथा क्षमता विस्तारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने जोड दिँदै ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र बुझाउने टोलीमा संघको उपाध्यक्ष अनुपम राठी, महासचिव अनिल कुमार साह र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीज्यूको सहभागिता रहेको थियो ।
यसअघि संघले काठमाडौँ स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादव, शहरी विकास मन्त्री रामकुमारी झाक्री, सडक विभागका महानिर्देशक ई. अर्जुन जंग थापा, प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री, सडक डिभिजन कार्यालय, विराटनगरका प्रमुख लगायतलाई समेत पुलको जिर्णोद्वारका कार्य तत्कालै थालनी गर्न अनुरोध गरि सकेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]