राजेश कुमार राजवंशी
विराटनगर, कार्तिक १३ गते । विराट राजवंशी पुस्तकालयले प्रथम वार्शिक साधारणसभा एवं शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्तकार्यक्रमको प्रमुख अतिथी जेष्ठ नागरिक प्रदेश १ का अध्यक्ष मणिकुमार अर्यालको आतिथ्यमा भएको थियो । प्रथम वार्शिक साधारणसभामा पुस्तकालयको उपाध्यक्ष सन्तोष राजवंशीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा विराट राजवंशी पुस्तकालयको कोषाध्यक्ष चन्द्रीका राजवंशीले आयव्यको प्रतिवेदन पेश गर्दै आम्दानी तर्फ साधारण सदस्य शुल्क बापत १ हजार १ सय, आजीवन सदस्य बापत ६६ हजार, भितेपात्र बापत ५८ हजार ६ सय, फनिर्चर बापत ६२ हजार, विराटनगर महानगरपालिका वडा न १२ वडा कर्यालयबाट रु २३ हजार ६ सय, स्मारिका (हकार) बापत ६३ हजार २ सय अन्य खर्च ३ हजार ३ सय ८० प्रस्तुत गरेको थियो ।
त्यसगरी खर्च विवरणमा संस्था दर्ता खर्च ३ हजार ३० रुपैया, मसल्न्द खर्च १६ सय ४०, छपाई रसिद बापत ११ हजार ९०, कार्यालय भाडा बापत २१ हजार, पत्रपत्रिका बापत ५ हजार ४ सय, विधुत महसुल बापत ४ सय ८, ब्यानर झण्डा पिउने पानी ९ हजार ७५, साधारणसभा खर्च बापत ६ हजार ८ सय ६५, माक्स र सेनिटाइजर बापत १ हजार ७ सय , भितेपात्रो बापत ५१ हजार, स्मारिका बापत ७१ हजार, विविध खर्च बापत ४ सय ७५, पुस्तक खरिद बापत ६९ हजार २ सय ४६, कार्य समितिको बोर्ड बापत १५ सय, फर्निचर खरिद बापत ८० हजार ५ सय, सिलिङ पन्खा बापत २ हजार, पानी राख्ने भाडो बापत ४ सय ८५, भिते घडी बापत ६ सय ५०, मौज्दात रकम ५ हजार ५ सय ६० रुपैया, बैंकमा ५ हजार ६० रुपैया स्टार बैंकको खातामा ५ सय रहेको छ । जम्मा खर्च रु ३ लाख ४७ हजार ५ सय ७४ रुपैया २०७८ मसान्तसम्म को प्रतिवेदन पेश गरिएको थियो ।
कार्यक्रममा वक्ताको रूपमा बोल्दै विराट सामुदायिक भवनका अध्यक्ष राधेश्याम कटेलले विराट राजवंशी पुस्तकालयलाई रु १ लाख सहयोग गर्नु भएको छ । साथै विराट राजवंशीको भेषभुशा र संस्कृतिको संरक्षण होस भन्ने कामना गर्नु भएको थियो ।
त्यसैगरी अथितिको रूपमा बोल्दै विराटनगर महानगर पालिका वडा न १२ का वडा अध्यक्ष हिरालाल कामतले विराट राजवंशीको संसकृतिको निम्ति सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
राजवंशी समाज उत्थान समितिको कोषाध्यक्ष मयाराम राजवंशी, युवा नेता राकेश रोशन यादव लगायत वक्ताहरूले आफ्नो धारण राख्नु भएको थियो । समाजसेवी रामआशिष महतोले विराट राजवंशी संसकृतिक पुस्तकालयको निम्ति जग्गा दान गर्नु भएको छ । राजवंशीको शैक्षिक र आर्थिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ पुस्तकालयको लागि जग्गा उपलब्ध गराउनु भएको छ ।
विशिष्ट राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेस्वर मण्डल राजवंशीले १४ वर्षको संघर्ष गर्दा २०६८ जनगणनाले राजवंशीको कोलम नभएको हुनाले २०७८ मा कार्तिक २५ देखि जनगणना हुन गइरहेकोले विराट राजवंशी कोलममा लेखाउन आग्रह गर्दै समस्त विराट विराट राजवंशीलाई धन्यवाद व्यक्त गरेका थिए ।
पहिलो वार्षिक साधारण सभा एवं शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम विराट राजवंशी संस्कृतिक पुस्तकालयको अध्यक्ष कुसेस्वर राजवंशीको अध्यक्षतामासम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]