विराटनगर, श्रावण ९ गते । नोवेल मेडिकल कलेज र कोशि अस्पतला विराटनगरले विरामिको भर्ना नलिदा एम्वुलेन्समै एक विरामीको मृत्यु भएका छ ।
उदयपुरका पदम राईलाई अस्पतालहरुले भर्ना नलिदा एम्वुलन्समै मृत्यु भएको विरामीका आफन्तले वताए । कोशी अस्पतालको आकस्मिक कक्ष अगाडी २ घण्टा एम्वुलेन्समा विरामी छरपटाई रहेका थिए तर कुनै पनि डाक्टर र अस्पतला प्रशासनले छुन नमानेपछि एम्वुलेन्समै मृत्यु भएको हो ।
श्वासप्रस्वासको विरामीका कारण कटारी अस्पतलामा भर्ना भएको राईलाई रेफर गरेपछि एम्वुलेन्समा नोवेल मेडिकल कलेज विराटनगर आएका थिए त्यहा कोरोना जांच गराएपछि मात्र भना लिने भन्दै फर्काएपछि कोशी अस्पताल आएका थिए ।
कोरोनाको शंका लागेर अस्पतलाका कुनै पनि चिकित्सकले उपचार गर्न नमानेपछि एम्वुलेन्स भित्रै छटपटाएर मृत्यु भएको राईको आफन्तले वताए ।
एम्वुलेन्समा छटपटाई रहेको विरामीलाई उपचार गर्न त्यहां भएका स्वास्थ्य कर्मीलाई भन्दा पनि कसैले छुन नमानेको मृतको आफन्छ रोमा गोलेले वताए ।
यस सम्वन्धमा कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भने विरामीको आफन्तलाई आइसुलेसनमा राख्न भन्दा नमानेको र विरामी यूवकको अवस्था गम्भिर भएकोले धरान रेफर गर्ने तयारी गर्दा गर्दै युवकको मृत्यु भएको अव कोरोना जांचको लागि मृतकको स्वाव संकलन गरी पठाएको वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]