विराटनगर । जनता समाजवादी पार्टी, नेपालले विराटनगरमा आयोजना गरेको जनजागरण सभामा अन्य पार्टी पत्यिाग गरी सैयौं कार्यकर्ताहरुले जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा आफ्नै पार्टी फुटाएर गच्छदार समुह र राजकिशोर समुहमा गएका नेता कार्यकता लगायत नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेको हो ।
नव प्रवेशीहरुलाई फूलको माला र अविर लगाएर जसपाका केन्द्रिय अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले स्वगत गरेका थिए ।
जनता समाजवादी पार्टीले, पार्टीलाई सुदृढीकरण र जनजागरण (सुज) अभियान अन्तर्गत विराटनगरमा जनजागरण सभा गरेको हो ।
जनजागरण अभियान कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री उपेन्द्र यादवले नेकपा माओवादी केन्द्र सँग पार्टी एकतावारे सोच्ने सकिने विवान स्थलमा नै पत्रकारहरुसँग खुलासा गरेका थिए ।

यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कम्युनिष्ट विचारधाराबाट मुक्त भएर समाजवादी विचारधारामा लाग्ने भए पार्टी एकताबारे सोच्न सकिने बताएका हुन् ।
अध्यक्ष यादवले मधेसी जनता, जनजाति, महिला, दलित, मुस्लिम, थारुलगायत अल्पसंख्यकका समस्या कायमै रहेको भन्दै यसलाई समाधान गर्ने गरी समाजवादी आन्दोलनमा आउन नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाललाई आग्रह गरेको छ ।
यादवले सर्वोच्च अदालतको विवादमा राजनीतिक दलहरूले धेरै बोल्न नहुने र यसमा अदालत स्वयंले विवादको निकास दिनुपर्ने वताएका थिए ।
संविधान संशोधन गर्नेबारे सबै दलबीच सहमति बने पनि यसको प्रक्रियाबारे टुंगो लगाउन बाँकी रहेको उनले वहांको भनाई थियो ।
जनजागरण सभामा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेश गनगाई, प्रदेश १ सदस्य उषा यादव, केन्द्रिय सदस्य संजय सिह, भूराज राई, प्रदेश नं. १ को समाजिक विकास मन्त्री जयराम यादव लगायतले मन्तव्य राखेका थिए ।
उक्त जनजागरण सभा जनता समाजवादी पार्टी, नेपालको मोरंग जिल्ला अध्यक्ष राजकुमार यादवका अध्यक्षतामा भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]