विराटनगर, मंसिर ५ गते । मान्छेलाई ओसार पसार गर्न प्रयोग गर्ने टेम्पु आजकाल गाँजा तस्करी गर्न प्रयोग गर्न थालेको छ ।
मोरंगको पुरानो सदर मुकाम हालको रंगेली नगरपालिका वडा नं. १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएपछि टेम्पुमा गाँजा तस्करी भई रहेको रहस्य खुलेको हो ।
शनिवार ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो ।
गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका वडा नं. ३ का २४ बर्षीय बुद्दराज राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]