झापा, मंसिर ६ गते । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण प्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिल बहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाऊपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् । आईतवार ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुङ तास र नगद रु. १ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो ।
पक्राउ परेका छ जना उपचार थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]