सुनसरी, मंसिर ७ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेका छन ।
सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनि फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी प्रहरी परिचालन गर्दै आएको छ ।
आर्थिक वर्षको ४ महिनामा ५ सय ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी सकेको छ । तीनीहरूवा १ सय १९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९ सय ६ जरिवाना असुल भएको छ ।
फरार प्रतिवादी पक्राउकै शिलसिलामा डाका मुद्धामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदवेला वडा नं. १ (हाल ईनरुवा नगरपालिका वडा नं. ७ वस्ने अजित मियाँलाई सोमवार पक्राउ गरेको थियो ।
पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले २०६८ सालमा रामधुनी गाउँ पालिका वडा नं. ५ निवासी जैयस कुमार साहको घरमा डाँका गरेका थिए । सम्मानित जिल्ला अदालत सुनसरीको २०७५ अषाढ ११ गतेको फैसलावाट उक्त घटनामा संलग्न तिनैजनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार जरिवाना फैसला भएको थियो ।
प्रतिवादी पक्राउ अभियान नै संचालन गरी कार्य गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकै दिन ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेक छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]