हिरालाल साह
बिराटनगर, मंसिर १७ गते । मोरङ व्यापार संघले शुक्रबार आयोजना गरेको ६५ औं साधारणसभा समुद्घाटन समारोहको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले देश विकासका लागि अब असमानतालाई अन्त्य गर्ने खालको सुधारिएको पूँजीवाद आवश्यक रहेको वताए ।
जलविद्युतको अत्याधिक खपत देशमा भएमात्रै आर्थिक समृद्धि हासिल हुने भन्दै १० हजार मेगावाट विद्युत् खपत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिदै प्रदेशलाई र स्थानीय तहलाई बलियो बनाउनु पर्छ, जनतासँग जोडिएका स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव छ । देशको विकासका लागि नीजि क्षेत्र र सरकारबीचको सहकार्य गरेर जान सक्ने वहांका भनाई थियो ।
सुनसरीको अमडुवामा रहेको सरकारको ६ सय २५ विघा जग्गामा उद्योग स्थापनाका लागि चाहिने आवश्यक पूर्वाधार, विद्युत, श्रमशक्ति र जग्गा लिज लिने भए प्रक्रिया मिलाएर दिन आफूू तयार रहेको मन्त्री शर्माले बताए । प्रदेश १ मा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने, शैक्षिक टुरिजमको विकास गर्ने र स्वास्थ्य टुरिजमको विकास गर्नुपर्नेमा जोड दिए ।
बैंकको ब्याजदर घटाउने विषयमा उद्योगी व्यवसायीले राखेको जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले बैंकहरुबीचमा पनि एउटा कुरा नभएको बताए । ‘एउटाले ब्याजदरको स्थायित्वको कुरा गर्छ, अर्कोले स्वतन्त्र छाड्नु पर्नेमा जोड दिन्छ,’ उनले भने, ‘यस विषयमा छलफल गरिरहेका छौं ।’
शुभकामना मन्तब्यको क्रममा अर्थ सचिव मधु कुमार मरासिनीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य पुरा हुने बताउँदै अहिलेसम्म २७ प्रतिशत पूँजीगत खर्च भइसकेको छ ।दयसपटक पूँजीगत खर्चमा इतिहास रच्ने दाबी गर्नु भएको थियो ।
उद्योगी–व्यवसायीका प्रतिनिधिले पूँजीगत खर्च बढाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर विकासमा पछि पर्दै गएको गुनासो गर्दै विमानस्थल विस्तार र नयाँ औद्योगिक क्षेत्र विस्तारको काममा सहयोग गरिदिन आग्रह गरेको थियो ।
साधारण सभासँगै नयाँ नेतृत्व चयनको लागि साधारणसभाले निर्वाचन समिति गठन गर्ने छ । निर्वाचन समितिले साधारणसभा भएको एक महिना भित्र निर्वाचन गरिसक्ने संघको विधान रहेको छ ।
विभिन्न क्षेत्रमा योगदान पु¥याउने उद्योगी–व्यवसायी, पत्रकारलाई सम्मान समेत गरिएको थियो । मोरङ व्यापार संघलाई अर्थमन्त्रालयको सल्लाहकार घोषणा समेत गरिएको छ । सो कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]