विराटनगर, श्रावन १२ गते । कोरोनाको कारणले नेपाल भारतको सिमानाका शिलवन्दी भएपनि दिन प्रतिदिन तस्करी वढ्दै गई रहेको छ ।
खुल्ला सिमाना भएकोले केही तस्करी लुकीछिपी भई रहेको छ भने केही तस्करी प्रहरीसंगपकै मिलोमतोमा भई रहको छ । तस्कारी बढेसंगै प्रहरीको निगरानीपनि बढेको छ । भारतवाट खास गरी खादमल, गुटखा, लत्ताकपडा, लागुऔषध, लगायतको तस्करीमा वृद्धि भएको छ ।
तस्करीका समानहरु प्रहरीले पक्राउ गरेपछि सिमानाका तस्करी वढ्ेको खुल्न आएको छ । मोरङ विराटनगर महानगरपालिका वडा न . ६ बरमपुरा केशलिया रिङरोड स्थितमा जिल्ला सुनसरी देवानगन्ज गाउपालिका वडा नं.६ को अम्रेश मेहताले अवैध रूपमा भन्सार छलि गरी प्लाष्टिकको बोरामा प्याक गरी नेपालतर्फ ल्याउदै गरेको खैनी २ बोरा प्रहरीले बरामद गरेका छ ।
त्यसैगरी मोरङ जहदा गाउपालिका वडा नं. ०३ स्थित लक्ष्मिनिया नजिकै सडक किनारामा अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा २० बोरा खैनी वरामद गरको छ । विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा नहर स्थित सडक किनारामा अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको ११ बोरा खादमल वरामद गरिएको छ ।
त्यसैगरी मोरङ जहदा गाउपालिका वडा नं. १ भुटाहा स्थित जिल्ला मोरङ जहदा गाउपालिका वडा नं. १ को राज किशोर साह र नन कुमार शर्माले अवैध रूपमा भन्सार छली भारतबाट नेपाल निजको घर पेटीमा ५० केजी तौल भएको ४३ बोरा खाद मल, चिनी ५० किलोको १ बोरा, सलाई ३ बण्डिल र खाने तेल ३० लिटरको २ टिना बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]