विराटनगर, पुस १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रत्येक सदस्यहरुवाट ५० रुपियाँ सहयोग उठाएर जिल्ला कमिटी मोरंगको नवौं जिल्ला अधिवेशन पुस महिनाका अन्तिम साता विराटनगरमा गर्ने भएको छ ।
पार्टीको सदस्यहरुवाट १७ लाख ५० हजार संकलन हुने र अधिवेशन प्रतिनिधीवाट ५ सय र आयोजकवाट १ हजार समेत उठाएर अधिवेशन सम्पन्न गर्ने अझै खर्चलागे आफ्नै पार्टी भित्रैबाट सहयोग संकलन गरी अधिवेश खर्च जुटाउने अन्य तिर आर्थिक भार नदिने मोरंग जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले वताए ।
“वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्बृद्ध मोरंग” भन्ने नाराका साथ पुस २३ र २४ गते जिल्ला अधिवेशन उत्साहजनक ढंगवाट व्यवस्थित रुपमा सम्पन्न गर्ने कुरा ९ औं जिल्ला अधिवेशन प्रचार प्रसार समिति संयोजक रुपेश खतिवडाले पत्रकार सम्मेलनमा वताए ।
जिल्ला अधिवेशनका प्रतिनिधिहरु पालिकाहरुवाट १ सय ५९ वटा वडावाट पार्टी सदस्यहरुको भेलाल पहिलो १ सय पार्टी सदस्य बरावर १ महिला सहित ३ प्रतिनिधी हुनेछ भने १ सय भन्दा कम सदस्य भएमा ३ जना नै प्रतिनिधी हुने र १ सय भन्दा बढी पार्टी सस्य रहेमा क्रमश ५० प्रतिशत सदस्य बरावर १ जना प्रतिनिधी थप गर्दै अन्तिम शेष २५ जना भन्दा माथि पार्टी सदस्य हरेमा १ जना थप प्रतिनिधी चयन हुनेछ । छनौट भएका मध्ये ३३ प्रतिशत महिला प्रतिनिधी अनिवार्य हुने भएको छ ।
पार्टीको सवै जनसंगठनहरुवाट ५÷५ जना प्रतिनिधी समेत चयन हुने भएको छ । त्यसैगरी मज्दुरका सम्पुर्ण शाखा र ट्रेड युनियन महासंघवाट २१ जना, मोरंग काठमाण्डौ सम्पर्क मञ्चवाट ५ प्रनिनिधी, पिछडा वर्ग महासंघ (ओविसी) वाट ५ जनाप्रतिनिधी समेत चयन हुनेछ । दलित प्रतिनिधीका लागि सबै पालिकावाट दलित पार्टी सदस्यहरुको भेलावाट २५ जना बरावर १ जना प्रतिनिधी छनौट हुने छ । वामपन्थी मारवाडी युवा मञ्च तथा निर्माण व्यवसायीवाट ३÷३ जना प्रतिनिधी छनौट गरीने भएको छ । सो अधिवेशन करीब १ हजार ३ सय जना प्रतिनिधीहरुको सहभागिता हुने भएको छ ।
७७ वटै जिल्लामा एकैपटक जिल्ला अधिवेशन हुने भएकोले सो अधिवेशनको भरचुअल माध्यामबाट नेकपा (एमाले) पार्टी अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी शर्मा आलीले समुद्घाटन गर्नुहुने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]