सुनसरी, श्रावण १३ गते । बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहा नगरपालिका वडा नं. ८ का डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६ सय चोरी गरेको आरोपर्मा पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक रोसी गाउँपालिका वडा नं. ३ का जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका वडा नं. ५ का चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका वडा नंं. ८ का सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका वडा नं. २ का कमल लामा रहेका छन् ।
सो समुहले ईटहरीको ट्ङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो ।
त्यसैगरी ३ जनालाई खोजतलास गर्ने क्रममा तरहराबाट पक्राउ गरी सार्वजनिक गरीएको छ । उनीहरुको साथबाट नगद १२ हजार ९ सय बरामद गरेको छ ।
पक्राउ परेकाहरु चोरी गर्नकै लागी काठमाण्डौबाट श्रावण ८ गते पुर्व तर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
चोरी तथा लुटपाट घटनाको थप अनुसन्धान भईरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]