विराटनगर, पुस २१ गते । सुदुर पश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक विरुद्ध अख्तियारले करीब ७ करोडको भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधवार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा अनियमितता गरेको छ ।
संसदको सार्वजनिक लेखा समितिको उपसमितिले वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विष्टलाई दोषी किटान गरेको थियो ।
उनले सामुदायिक वन उपभोक्ता समूहका सदस्य र पदाधिकारीको कीर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहको सदस्य बनाई रुख कटान गरेको भन्दै उपसिमितिले छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।
अख्तियारले विष्टविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार २ वर्ष कैद र भ्रष्टाचार गरेको जति रकम ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा विगो माग गरेको छ ।
विष्टले भ्रष्टाचार गरी गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी रुबी जिसी विष्टको नाममा घर जग्गा तथा बैंक खातामा राखेको भेटिएको अख्तियारले जनाएको छ । त्यसैले अख्तियारले रुबी विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।
त्यसपछि अख्तियारले छानबिन गर्दा २०५५ वैशाख २७ मा सरकारी सेवा प्रवेश गरेदेखि २०७७ कात्तिक १७ गतेसम्म विष्टको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ ३८ पैसा हुनेमा लगानी र खर्च २४ करोड २४ लाख ६९ हजार ७०९ रुपैयाँ ९८ पैसा देखिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]