विराटनगर, पौष २९ गते । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछि पक्राउ गर्न सफल भएकाे छ ।
२०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर वडा नं. ३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि पौष १६ गते पक्राउ गरेकाे थियो ।
ईलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
२०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफु संगै जान आग्रह गरेको र जान नमाने पछि जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको उक्त कार्यालयले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ । वर्ष पछि कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
विराटनगर, पौष २९ गते । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछि पक्राउ गर्न सफल भएकाे छ ।
२०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर वडा नं. ३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि पौष १६ गते पक्राउ गरेकाे थियो ।
ईलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
२०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफु संगै जान आग्रह गरेको र जान नमाने पछि जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको उक्त कार्यालयले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]