फोनिज प्रदेश न.१ को महाअधिवेशनबाट सर्वसम्मत नेतृत्व
राजेश कुमार राजवंशी
विराटनगर, माघ १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) को दोस्रो प्रादेशिक महाअधिवेशनले नयाँ नेतृत्व सर्व सहमतिले चयन गरेको छ ।
पथरिशनिश्वरे नगरपालिका वडा नं. २ मा रहेको सिन भिलेज रिसोर्टमा विहिवार सम्पन्न महाअधिवेशनले प्रदेश १ को अध्यक्षमा सन्तवीर लामाको अध्यक्षता २१ सदस्य नयाँ प्रादेशिक कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र दृष्ट र महिला उपाध्यक्षमा अप्सरा समाल, महासचिवमा सुशान राई, सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी चयन भएका छन । त्यसैगरी कोषाध्यक्षमा प्रेम देवान चयन भएको छ ।
कार्यसमितिका संस्थागत सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, सुदिप राई, खगेन्द्र कुलुङ (अर्जुन ) महिला सदस्यहरुमा सुप्रीया राई, सर्मिला राई, प्रमिला श्रेष्ठ अल्पसंख्यकमा विजय धिमाल चयन भएका छन ।
त्यसैगरी ब्रहमलाल हजारी, अतीत योङ्हाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारि सदस्यमा निर्वाचित भएका छन । लेखा समितिको संयोजकमा महेन्द्र मादेन र सदस्यमा दिपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन ।
अनुशासन समिति संयोजकमा विरवहादुर पापो सदस्यमा सोनिकुमार आङ्देम्व र विजय कुमार राई चयन भएका छन ।
पुस २७ र २८ गते सुरु भएको १४ औ जिल्लाबाट प्रतिनिधिहरु एक सय बढीको सहभागीता रहेको थियो । भौगोलिक विबिधायुक्त विशिस्टता आधारमा प्रदेशको नामांकरन गर्र्नुपर्ने माग समेत फोनिजले गरेको छ ।
फोनिज दोस्रो प्रादेशिक महाअधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अथिती आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो को प्रमुख अथितित्वमा कार्यक्रम भएको थियो । अर्जुन जम्नेलि राइको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]