विराटनगर, श्रावण १६ गते । कोरोना (कोभिड १९) को संक्रमण बढदै गई रहेको निष्कर्ष निकाल्दै विराटनग महानगर पालिकाले आजै राती १२ बजे देखि लागु हुने गरी दुई साताको लागि घोषणा गरीएको बन्दाबन्दीको खबरसंग विराटनगर वजारमा अचानक भिड बढेको छ ।
बजारमा भिडभाड नहोस भनेर बन्दाबन्दी गरी रहेका वेलामा दुई साताको लागि घर सामग्रीको जोहो गर्नको लागि विराटनगरको भाटभटेनीमा अचानक भिडभाड बढेको थियो । त्यसैगरी गुद्री बजार, पंचमुखी हनुमान मनिदर चौक, जलजला मोड, शनी मन्दिर चौक लगायत स्थानमा व्यापक भिड देखिएको थियो ।
बन्दाबन्दीको घोषणाकै कारण अचानक बजारमा भिडभाड बढेर कोरोना संक्रमणको जोखिम झन बढेको छ यसको जिम्मेवारी कसले लिने ? महानगर पालिकाले कोरोना बढाउनकै लागि बन्दाबन्दीको घोषण अचानक किन गर्नु प¥यो ? बन्दाबन्दी नै एकमात्र उपाय हो ? भन्दै आम नागरिकले प्रश्न सोझ्याएका छन् ।
बन्दाबन्दी विराटनगर महानगर पालिकाले केही दिन पहिले पनि घोषणा गरेकै हो तर कसैले पनि टेरेन, भोली देखि हुने बन्दावन्दीलाई आमजनताले मान्छ कि मान्दैन यदि मान्दैन भने महानगर पालिकाले कस्तो कारवाही गर्ने ?
त्यस्तो केही कुरा नखुलाई कन हौवाको भरमा गरिएको बन्दाबन्दीले कतिको हद सम्म लागु हुन्छ त्यो आउने समयले नै वताउने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]