हिरालाल साह
बिराटनगर, माघ १८ गते । अखिल नेपाल पिछडावर्ग (obc) महासंघ जिल्ला कार्यसमिति माेरङले सत्तारूढ दललाई संविधानकाे पालना गर्न माग गरेकाे छ ।
स्थानीय तहकाे निर्वाचन २०७९ बैशाख भित्र सम्पन्न गर्न सरकार सँग माँग गर्दै जिल्ला प्रशासन कार्यालय माेरंगका प्रमुख काशी राज दहाललाई ज्ञापनपत्र बुझाएको छ।
संविधानकाे धारा २१५ र २१६ ले गाउँ /नगरपालिकाकाे पदाधिकारीकाे पाँच बर्ष पुगेको मितिमा नै पदमुक्त हुने व्यवस्था रहेकोले सरकारले कुनै बहानामा समयमा निर्वाचन नगराउने कार्यलाई महासंघ ले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ।
साे ज्ञापनपत्रमा अहिले निर्वाचन नगराउने कार्यलाई संविधान बिपरित रहेको र उल्टै संविधानकाे धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ काे दफा ३ संग बाझिएको भनेर जनतामा भ्रम छरेकाे प्रति सरकारकाे भ्रत्सना गरिएको छ ।
स्थानीय तहकाे निर्वाचन सरकारले तुरुन्त गर्नुपर्ने ,संविधान र लाेकतन्त्र रक्षाका लागि जनतालाई सचेत रहन पनि अपिल गरिएको छ।
उक्त ज्ञापनपत्र अखिल नेपाल पिछडाबर्ग (OBC) महासंघ जिल्ला कार्यसमिति माेरङका अध्यक्ष जय प्रकाश महताेकाे नेतृत्वमा बुझाएका छन्।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]