विराटनगर, माघ २० गते । जनमत पार्टीले तराई मधेशमा शुरु गरेको किसान आन्दोलन केही साता अगाडी रोकेको सडक केन्द्रित प्रदर्शन पुन ः शुरु गरेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले करीब डेढ महिना देखि किसान आन्दोलनको नाममा तराई मधेशका मुख्य शहरहरुको मुख्य सडक अवरोध गरी प्रदर्शन गदै आएका थिए । सो उक्त राजमार्ग केन्द्रित प्रदर्शन पुनः बिहीबारदेखि थालिएको हो ।
पार्टीको दाबीअनुसार किसान आन्दोलनअन्तर्गत बिहीबार पूर्वको मोरङदेखि पश्चिममा बर्दियासम्म राजमार्गमा प्रदर्शन भइरहेको छ । ठाउँठाउँमा राजमार्गमै टेन्ट गाडेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । केही ठाउँमा प्रहरी र प्रदर्शन कारी बीच झडप पनि भएका छन् ।
विराटनगरमा समेत रामजानकी मार्गवाट सडक प्रदर्शन शुरु गरी धोवीयारी चौक, हस्पिटल चौक, जिल्ला प्रशासन चौक, गोल्छा चौक हुँदै मुख्य बजारको सडकमा प्रदर्शन गर्दै रानी–इटहरी खण्डको गुद्री बजारमा मुख्य सडक अवरोध गरेका थिए ।
सडक अवरोध गर्दै कोण सभा गरी पार्टीका केन्द्रिय नेता, जिल्ला नेता तथा यूवा नेताहरुले डेढ महिना सम्म चलेको आन्दोलनले पनि सरकारले किसानको आवाजलाई नसुनेपछि पुन आन्दोलन गर्नु परेको भन्दा सरकारलाई गाली गलौच समेत गरेका थिए ।
कृषि र किसानसँग जोडिएका एक दर्जन मुद्दालाई एजेन्डा बनाएर राजमार्ग केन्द्रित प्रदर्शन थालेका राउतको पार्टीले यो मामिलामा संघीय सरकारसित मात्रै वार्ता गर्ने सर्तसमेत राखेको छ ।
विराटनगरको प्रदर्शन जनमत पार्टीको विराटनगर महानगर पालिका अध्यक्ष अरुण कुमार मण्डलको नेतृत्वमा भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]