राजेश कुमार राजवंशी
विराटनगर, फागुन ४ गते । राजवंशी समाज उत्थान समिति ( विराट) ले दशकाै देखि जाति सुचिकृतकाे माग र जातिकाे हक अधिकार्को लागि सघर्ष गर्दै आएका छन ।
आफ्नो जातिकाे विभिन्न माग राख्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापनपत्र बुझाएका छन ।
त्यसैगरी जिल्ला प्रशासन कार्यलय मोरङकाे सहायक प्रमुख महेश राज तिमिल्सिनालाई समेत ज्ञापनपत्र बुझाएका छन ।
विराट राजवंशी जाति कोच राजवंशी भन्दा भेषभुशा , भाषा, ससकृति परम्परा आदि छुट्टै नै रहेको छ । प्रदेश १ मै विराट राजवंशीको जनसंख्या सिमित भएकोले अल्पसंख्यक जातिमा सुचीकृत गर्नुपर्ने समाजले प्रदेश सरकारसंग आग्रह गरेकाछन ।
विराट राजवंशीको चाहना विराट प्रदेशको स्थापना
विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिषठान सुचिकृत गर्नुपर्ने , राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित गर्नुपर्ने , विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने, प्रदेश १ को सभा सदस्यमा प्रदेश राजधानीका मुल आदिवासी विराट राजवंशीलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन ।
विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगगा, धनपाल, र ग्रामथान क्षेत्रलाइ विराट राजवंशीको स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने, विराट राजवंशी समुदायको उत्थानका लागि प्रत्येक तह र अंगहरुमा छुट्टै आरक्षणको व्यवस्थाको गर्नुपर्ने, भेडियारि स्थित विराट दरवार क्षेत्रको सरक्षण एवं प्रवर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकिय क्षेत्रको रूपमा विकास गर्नुपर्ने मागहरू ज्ञापनपत्र उल्लेख गरेका छन ।
उक्त ज्ञापनपत्र राजवंशी समाज उत्थान समिति (विराट) काे केन्द्रिय अध्यक्ष भवनेस्वर मण्डल राजवंशीको नेतृत्वमा बुझाएका छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]