विराटनगर, श्रावण १८ गते । कोरोना भाइरस कोभिड–१९ संक्रमण स्थानीय स्तर सम्म फैलिएको भन्दै विराटनगर महानगरपालिका क्षेत्रभित्र पुन ः गरिएको ‘बन्दाबन्दी’ को पालना र कार्यान्वयनका लागि बजार क्षेत्रभित्र सुरक्षा कर्मीहरुलाई कडाईका साथ तैनाथ गरेको छ ।
कोरोना भाइरसको सक्रमण तीव्र रुपमा फैलिएको भन्दै नियन्त्रणका लागि एकमात्र उपाय ‘बन्दाबन्दी’ कार्यान्वयन र पालना आमनागरिकको लागि कठोर कदम चालिने भएको छ ।
दुई साताका लागि गरिएको ‘बन्दाबन्दी’ को पहिलो दिन विराटनगर बजार क्षेत्र पुर्णरुपमा सुनशान देखिएको छ । फाटफुट रुपमा मोटर साईकल, पैदल यात्री, चारपाग्रे सवारी साधन समेत चलेको देखियो । पुर्ण बन्दावन्दी भनिएता पनि आनशिक रुपमा मात्र देखियो । बजारको गल्लीका पसलहरु समेत खेलेकै थियो ।
बन्दाबन्दीको अवधिमा घरवाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एक–अर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइएको भनेता त्यसको असर बजारमा देखिएनन् ।
शनिवार देखि गरिएको बन्दाबन्दी प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर र विराटनगर महानगरपालिकाको समन्वयमा गरिएको छ ।
महानगर पालिका भित्र समुदायस्तरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि कोरोना संक्रमितको ट्रभल हिस्ट्र र कन्ट्रयाक ट्रेसिङ्ग गर्दा पनि पत्रा नलाग्ने भएपनि नियन्त्रणको लागि बन्दाबन्दी गरिएको छ ।
भुसको आगो सरह कोरोना फैलिएर सबैतिर भय र त्रास छाएपछि ‘बन्दाबन्दी’ गरी त्यसको पालनाका लागि सबैतिर उचित सुरक्षा सावधानी अपनाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गर्ने निर्णय यस अघि नै गरिसकेको छ । संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड–१९ उच्चस्तरीय समितिको बैठकबाट प्रजिअको भनाइ छ ।
यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी उहाँले दिनु भयो । नियम उल्लंघन एवं ‘लकडाउन’को अवज्ञा गर्नेलाई कानुनअनुसार कारबाही अघि बढाउँदै दण्ड र जरिवाना गरिने उहाँले उल्लेख गर्नु भयो ।
संघिय सरकारले २०७६ चैत ११ देखि २०७७ श्रावन ७ गतेसम्म संघीय सरकारले आह्वान गरेको लकडाउन भन्दा यो पटक आह्वान गरिएको लकडाउन कडा हुने भएको छ । सो बन्दाबन्दी साउन ३० गतेसम्म रहने भएको छ ।
महानगरपालिकामा हालसम्म एक सय भन्दा काढीमा कोरोना संक्रमण देखिइसकेको छ । संघिय लकडाउ श्रावण ७ गते खुलेपछिे एक साताको अवधिमा संक्रमित संख्या अध्याधिक वृद्धि भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]