विराटनगर, चैत १५ गते । विराटनगर महानगर पालिका वडा नं. ८ को दुई परिवारले आफूहरु मिटर व्याज र रकम दिने धनीको वैमानी बुद्धिका विचल्लीमा परको वताएकी छिन् ।
विराटनगर महानगर पालिका वडा नं. ११ घर भै हाल वडा नं. ८ मा बस्ने अन्जना कोईरालाले पत्रकार सम्मेलन गरी आफूले छोरा विरामी हुँदा विराटनगर महानगर पालिका वडा नं. १३ घर भै हाल वडा नं. ८ बस्ने रुशी एल खानमसंग २ लाख लिएका थियौ । खानले मलाई झुक्याएर ६ लाखको कागजमा सही छाप गरायो । २ लाखको सवा व्याज गरी करीव ५ लाख ६० हजार तिरी सके तर त्यसले वनाएको कपाली नच्यातदा अहिले फेरी आएर ९ लाख माग्ने गरेको छ भने दिनहुँ अनेक किसिमको धम्की समेत दिएको आरोप लगाए ।
कोइरालाले भने म प्रदेश सभा सचिवालयको कार्यालय सहयोगी कर्मचारी समेत भएकोले चैत ३ गते कार्यालय जाने वेला मेरो घरआगनमा घेरा हाली मलाई लछार पछार गरी ४२ हजार रुपियाँ, राष्ट्रिय बाणिज्य बैकको २ थान सही गरेकोासादा चेक र मैले वोक्ने गरेको मोवाईल खोसेर लगेको त्यस वारेमा बैकमा र जिल्ला प्रशासन कार्यालय मोर जिल्ला प्रहरी कार्यालय मोरंगमा समेत निवेदन गरेको छु । त्यहांवाट कुनै कारवाही नभई उल्टै खानले पुनः रकम माग्ने र धम्की समेत दिने गरको दुखेसो पोखे । मैले आफ्नो नामको जग्गा घितो ३ लाखमा राखेर माघ माहिनामा नै २ लाख ६० हजार तिरेको छु । २ लाखको ५ लाख ५० हजार तिरी सके अव रकम तिर्ने सक्दीन, झुक्याएर वनाएको ६ लाखको तमसुक च्याति दिन माग गरेको छ ।
कोइरालालाई मात्र होईन रुशी एल खानमले रत्ुवामाई नगरपालिका वडा नं. ८ सिजुवा घर भई हाल विराटनगर महानगर पालिका वडा नं. ८ बस्ने सरिता कुमारी महतोसंग पनि ३० लाखको तमसुक वनाएको छ ।
महतोले भने जग्गा खरीद गदा मैले ७ लाख खानसं लिएको थिए । त्यस वापत सवा व्याज गरी करीब ४२ लाख तिरी सके तर मैले वनाएको ३० लाखको कागज च्यातेको छैन । पुनः मसंग पनि रकम माग गरेको र धम्की समेत दिएको सोही पत्रकार सम्मेलनमा गुनासो गरका थिए ।
यी दुई जना प्रतिनिधी पात्र मात्र हुन् खानले दर्जनौलाई ऋण दिएर मिटर व्याज पनि लिने, कपाल तमसुक नच्यात्ने पछि गएर पुनः रकम माग्ने कामलाई व्यवसाय नै वनाएको कोइराला र महतोले आरोप लगाएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]