विराटनगर । प्रदेश १ मा रहको १ मात्र विराटनगर महानगरपालिकाको गठवन्धनको उम्मेदवार नेपाली काँगे्रेसको नागेश कोइरालाले विजय हासिल गरेपछि कार्यपालिकाको निर्वावाचनमा गठभन्धनमा रहको पार्टी पराजीत भएका छन्
कार्यपालिका निर्वाचनमा जम्मा ९७ मतदाता रहको छ जसमध्ये नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठवन्धनमा ५० मतदाता रहेको थियो । ४७ मतदाता रहको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् ।
जसपा र नेपाली काँग्रेस बहुमतमा रहँदा पनि सबै उम्मेदवारहरु पराजित भएका छन् । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको काँग्रेसका उम्मेद्वारहरु कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।
विराटनगर महानगर पालिकामा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले उपमेयरसहित ४३ र नेपाली काँग्रेसले मेयर सहित ४० जनप्रतिनिधि जितेको थियो । त्यसैगरी जनता समाजवादी पार्टीले१०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।
शनिबार भएको कार्यपालिका चुनावमा जसपा र काँग्रेसका केही जनप्रतिनिधीहरुले एमालेलाई मतदान गरेपछि ४६ मतदाता रहेको एमालेका सवै उम्मेदवार विजय भएका छन् भने काँग्रेसको वहुमत हुँदा हुदै पनि पराजित भएका छन् । यसवाट काँग्रेस–जसपा गठबन्धन भित्रै अन्तर घात भएको एक नेताले वताए ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न् । अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भएका छन् ।
महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।
गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ । मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् ।
त्यसैगरी कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्ष सहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष रहने भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]