विराटनगर, जेठ २७ गते । विराटनगरका उपभोक्ताहरुले अव लाईभ केक र सफ्टी आईसको मज्जा लिन पाउने भएको छ ।
न्यू किरण आईस क्रीम उद्योगले विराटनगरको संसारीमाई स्थान नजिकै मुख्य सडकमा नयाँ शाखाको रुपमा किरण क्लासिक बेकरीको समुद्घाटन भएको छ ।
उक्त वेकरीमा पहिलेको जस्तो अडर गरी वर्थ डे केकको लागि पर्खिरहनु पर्देन अडर गरेपछि आँखाकै अगाडी केक तयार गरेर १० मिनेट भित्र उपभोक्ताले केके पाउँछ ।
किरण क्लासिक बेकरीमा वर्थ डे केक, आईसक्रिम, आईस केन्डी, मटका कुल्फी, कुल्फी, मिनी चोकोवार, चोकोवार, नट्टीवार, लगायत विस्कुटहरुको उत्पादन उपभोक्ताले सस्तो मुल्यमा गुणस्तर सामग्री पाउने बेकरी संचालक संजय व्यासको दावी छ ।


३१ वर्ष पहिले किरण पाउरोटी उद्योगको नामवाट संचालन भएको किरणको व्राण्ड उपभोक्तामा निकै प्रचलित रहेको छ । करणकै नामवाट किरण बेकरी एण्ड आईस क्रिम विराटचौक, किरण क्लासिक बेकरी विराटनगरको वाटोरोडमा संचालनमा रहेका छन् ।
उपभोक्ताको माग र टीन एजर्सको आकर्षणलाई मध्य नजर गर्दै कलेज ऐरियामा नयाँ अवधारणका साथ बेकरी संचालनमा ल्याएको प्यासले वताए ।
नयाँ बेकरी संचालनका अवसमार उपभोक्तालाई उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा १५ प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]