हिरालाल साह
बिराटनगर, असार ९ गते । सहज च्यालेन्ज फन्ड राउन्ड २ बाट कृषिमा ५ लाख देखि ५० लाख सम्मकाे सहयाेग अनुदान दिने भएको छ।
उक्त सहयाेग स्वीस सरकार बिकास सहयाेग एसडीसी बाट प्राप्त रकमलाई प्रदेश १ मा डेरी, ईलाइची, मकै र तरकारी खेतीमा दिइने कुरा बिराटनगरमा आयाेजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे हाे।
सहज च्यालेन्ज २ ले प्रदेश १ मा नेपालमा सबैभन्दा बढी
दूध उत्पादन गर्ने क्षेत्र भएकोले दूध उत्पादन वा प्याकेजिङमा नवीनता ल्याई निर्यातमा जाेड दिईने, गुणस्तर बढाउने, आवश्यक प्राबिधिक ज्ञान सीप बढाईने, बजार व्यवस्थापनमा सहजता ल्याउने भाैतिक पुर्वाधारमा जाेड दिइने, गुणस्तरमा जाेड दिइने, सेफ्टी अपनाउने कुराहरुकाे सपाेर्ट पुग्ने कुरा आयाेजकले जानकारी गराएकाे छ।
उक्त अनुदान लिन चाहने कृषकले साउन ७ गते सम्म अनलाइन मार्फत पनि भर्न सकिने त्यसकाे लागि आफ्नो
व्यवसायकाे प्राेजेक्ट वर्क ताेकिएकाे अनुसार भर्न जानकारी कार्यक्रममा बताएका छन्।
करिब २ कराेडकाे सहयाेग रकम साना उधमि देखि ठुला उधमिले पनि सुबिधा पाउने भएकालेे यस्तो सहयाेगलाई कृषकहरुले सपाेर्टकाे रुपमा बुझिदिन आग्रह गरेका थिए ।
साे कार्यक्रममा संघिय कृषि मंत्रालयका सचिव मेघनाथ तिमल्सिना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, पशुपंछि तथा मतस्य विकासका प्रमुख डा.पशुपति ढुङ्गाना,स्विस कन्टेक्टका स्बीडेनका अधिकारी र प्रमुख आयाेजक आईडिया स्टुडियो नेपालका कार्यकारी प्रमुख डा.तेशरिङ लामाकाे उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]