हिरालाल साह
बिराटनगर, असार २२ गते । सुनसरी मोरङ सिचाइ योजनाको खनार स्थित मुल नहरको दुहबी शाखाको उत्तरपूर्वमा स्थानीयले नहरको डिल काटदा सुनसरी–मोरङको करीब २८ हजार हेक्टर खेती योग्य जमिनमा सिचाई अवरुद्ध भएको छ ।
असार १४, १५ र १६ आएको अविरल बर्षाले खनारको उत्तर–पुर्वी भागमा इटहरी उपमहानगरपालिका वडा नं. ११ र १२ का स्थानीय वासिन्दाहरुको घरहरु डुबानमा परेपछि स्थानीयले डिल काट्नु पर्ने तर किसानहरूले काट्न नदिने कुराका विवाद भएको भएको थियो । प्रहरी सुरक्षाकर्मी पनि आएको तर स्थानीयले आफ्नो घर बचाउन नहरको डिल काटिदिएको मेरो कुरा पनि सुन्न तयार नभएको इटहरी उपमहानगर पालिका वडा नं. ११ अध्यक्ष केशव प्रसाद कोइरालाले बताए ।
सुनसरी मोरंग सिचाई योजना जल उपभोक्ता केन्द्रीय समितिका अध्यक्ष राम प्रसाद मेहताले बिगत तीन बर्षदेखि यस्तो कटानको समस्याले किसानहरु मार्कामा परेका छन् । मैले बिगत देखि नै यस बारेमा समाधानको लागि सुनसरी मोरङ सिचाई योजनाका प्रमुखलाई भनिरहेको भन्दै आएको छु । यस्तो समस्या समाधानको लागि तात्काल ठोस किसिमको ड्याम बनाउनुपर्ने, तटबन्ध बनाउदा ओभरफ्लो पानीको बहावको लागि छहरा जस्तो बनाउने, पानी वहाव भएको ठाउँमा स्थायी समाधानको लागि पक्की फलामको फाटक बनाउनु पर्ने वहांको भनाई थियो ।
अतिरिक्त पानीको बहावलाई समय–समयमा निगरानीमा फाटक खोलि दिने सिस्टम भए कटानको समस्याको समाधान हुने छ । अर्कोतिर अबिरल बर्षाको पानी जुन थन्किएको हुन्छ त्यसलाई उत्तरी भागको टेङ्ग्ररा खोलाको पानीलाई बुढिगङ्गा खोलामा खसाल्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ । भत्किएको स्थानमा नहरको मुनिबाट बनेको ड्रेन भत्किएकोले पुन संरचना गरेमा ओभर फ्लो उत्तरी पानीलाई अर्काेतिर बहावको सहज निकासी दिन सकेमा ठोस समाधान हुने कुरा मेहताले बताए ।
सुनसरी मोरङ सिचाइ योजना प्रमुख भिलानन्द यादवले किसानको समस्या तत्काल समाधानका लागि बोरामा माटो हालेर तटबन्ध निर्माण भईरहेको, एक÷दुई दिन भित्रै नहरमा पानी खोलिने र त्यहीँका बासिन्दाको समस्यालाई पनि सम्बन्धित निकाय, स्थानिय तह, किसानहरु सित समन्वयगरी ठोस समस्याको समाधान गरिने यादवले वताउनु भयो ।
स्थानीय सिचाई सम्बन्धी समाजिक अभियन्त्रा मोहन कार्कीले भने बर्षाको समयमा इटहरी सम्मको वर्षाको पानीको वहाव आएर स्थानीय वर्षेनी डुवानमा पर्छन । त्यसको स्थायी समाधनको लागि ड्रनहरु सफा गर्नु पर्ने पानीको वहावलाई बुढी खोलामा खसाले मात्र स्थायी समाधान हुन्छ । त्यसको लागि सुनसरी मोरंग सिचाई योजना र स्थानीय सरकार ध्यान दिनुपर्ने वताए ।
त्यसैगरी दुहवी शाखा म्यानर अध्यक्ष हेम नारायण विश्वास भने वर्षेनी सयौ घर डुवानमा पर्छ । स्थानीयहरुको डुवान समस्या समाधान गर्न भारत सरकारले वनाएको ड्रनहरु तत्काल सफा गर्नु पर्ने, भत्किएको ठाउँमा पक्की फलाकको फाटक सिस्टम वनाउनु पर्ने, इटहरी तर्फको पानीका वहावलाई बुढी खोलामा खसाल्नु पर्ने वताउँदै यसको लागि स्थानीय सरकार, सिचाई योजना, किसान र स्थानीयहरु छलफल गरी अगाडी वढ्नु पर्ने वताए ।
उक्त नहरको डिल असार १६ गते प्रहरी प्रशासनको आदेश समेत नमानी स्थानीयहरुले काटेको थियो । सो स्थानमा अहिले प्लाष्टिकको बोरामा माटो हाली बाध्ने काम भई रहको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]