विराटनगर, असार ३२ गते । प्रदेश १ को मोरंग जिल्लामा रहेको धनपाथान गाउँपालिका वडा नं. ७ कदमहा टोलमा रहेको राजा धनपालथानको विस्तृत अध्ययन गरी प्रकाशन गरिएको “राजा धनपालथान धार्मिक तथा एतिहासिक अध्ययन २०७९” पुस्तकको गाउँपालिकाका जनप्रतिनिधीहरु द्धारा विमोचन गरिएका छन् ।
उक्त पुस्तकको प्रकाशक क्राईम अपरेशन साप्ताहिक परिवारले शुक्रवार आयोजना गरेको राजा धनपालथान धार्मिक तथा ऐतिहासिक अध्ययन–२०७९ पुस्तक विमोचन एवम् धनपालथान गाउँपालिकाका जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदार, विशिष्ठ अतिथी उपाध्यक्ष नसिमा बानू र निर्वतमान अध्यक्ष हरिलाल सिंहले संयुक्त रुपमा विरुवामा पानी हालेर समुद्घाटन गरेका थिए ।
सो पुस्तक विमोचनका प्रमुख अतिथी, विशिष्ठ अतिथी लगायत गाउँपालिका वडा नं. १ का अध्यक्ष खाजा हुसेन, वडा नं. २ का वडा अध्यक्ष पंकज कुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष श्रीराम चौधरी, वडा नं. ५ का वडा अध्यक्ष गयानन्द सरदार, वडा नं. ६ का वडा अध्यक्ष महम्मद हुसेन, वडा नं. ७ का वडा अध्यक्ष संतोष कुमार यादवले संयुक्त रुपमा विमोचन गरेका थिए ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भने राजा धनपालथान भएकै कारण गाउँपालिकाको नाम धनपालथान राखिएको छ । उक्त स्थानलाई संरक्षण र सम्वद्र्धनको लागि २०१८ देखि नै प्रयास भई रहेको हामी सुन्दै आएको छौ तर विगत केही वर्ष देखि गाउँपालिकाले सो स्थानको विकास निर्माणमा लागि परेको छ । राजा धनपलथानमा भेटिएको सामग्रीहरु कहाँ र कुन अवस्थामा रहेको छ यसको खोजी गरी संरक्षणको लागि समेत पहल गर्ने प्रतिवध्ता जाहेर गरेको थिए । राजा धनपालथानको विस्तृत अध्ययन गरी पुस्तकको रुपमा क्राइम अपरेशन साप्ताहिकले प्रशासन गरी सो स्थानको उजागर गरेकोमा साप्ताहिक परिवारलाई धन्यवाद दिएको थिए ।
त्यसैगरी विशिष्ठ अतिथी गाउँपालिका उपाध्यक्षले राजा धनपालथानको महिमा बारेमा अनेकौ कुराहरु सुन्दै आएका थियौ । तर आज त्यही सुने देखेका कुराहरुलाई लिपीवद्ध गरी पुस्तकको रुपमा प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै राजा धनपालथानमा प्रयाप्त जग्गा रहेकोले धार्मिक तथा ऐतिहासिक पर्यटक क्षेत्रको रुपमा अगाडी बढाउनु पर्ने धारण राखेका थिए ।
धनपालथान गाउँ पालिकाका निवर्तमान अध्यक्ष हरिलाल सिंहले जुन धार्मिक स्थलको नामबाट गाउँ पालिकाको नाम राखियो त्यसको इतिहासलाई खोज्नु र यसको संरक्षण गर्नु हाम्रो दायित्व रहेको वताउँदै राजा धनपालथानको प्रचार–प्रसार गर्न सकियो भने सो ठाउँलाई पर्यटक स्थलको रुपमा विकास गरी नेपाल भरी चिनाउनु पर्नेमा जोड दिएका थिए ।
राजा धनपालथान संरक्षण तथा विकास समितिको अध्यक्ष संजय कुमार सिंहले समिति गठन भएपनि समितिले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गर्दै तथापी केही निर्माण कार्य, हटिया लगाउने कार्य, सो ठाउँको प्रचार–प्रसारको लागि खेलकुद गराउने कार्य भएको छ । यस स्थानको विकास र सम्वद्र्धन गर्न वादविवाद नगरी, एकता भई अगाडी वढ्नु पर्ने विचार औल्याएका थिए ।
सोही अवसरका आयोजकले धनपालथान गाउँपालिका जनप्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान समेत गरेका थिए ।
राजा धनपालथानको धार्मिक र ऐतिहासिक बिषयमा खोज अनुसन्धान गरी लेखिएको ५७ पेजको पुस्तकमा धनपालथानको पृष्ठभूमि, राजा धनपाल को हुन ?, ऐतिहासिक संरचना, पोखरी खन्दा भेटिएका सामग्री, मेलापर्व हटिया, पूजापाठको विधी, बसोवास गरिरहेका जातजातिहरु, राजा धनपालथान उत्थानका लागि भएको प्रयास, राजा धनपालथानका स्थानीयको पेशा, धनपालथान गाउँपालिका संक्षिप्त जानकारी, विभिन्न महानुभावको धारणा र भनाई, राजा धनपालथान सम्म पुग्न सक्ने सवारी साधनहरु, राजा धनपालको प्रचार प्रसारको लागि भएको क्रियाकलाप, पर्यटकीय सम्भाव्यता र अवसर, चुनौति र समस्यहरु, निष्कर्ष, मोरंगका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरु, धनपालथान पालिका बनेपछिको स्थानीय जनप्रतिनिहरुको नामावली, धनपालथान उत्थानका लागि गठित समिति, राजा धनपालथान संरक्षण तथा विकास समतिको वर्तमान नेतृत्व र सन्दर्भ सामग्री राखिएको छ ।
पुस्तकको वारेमा पुस्तकको व्यवस्थापक हिरालाल साहले चर्चा गरेका थिए भने कार्यक्रम संचालन विरेन्द्र कुमार साहले गरेका थिए । कार्यक्रम पुस्तकका लेखक÷सम्पादक श्याम सन्दर सुतिहारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]