विराटनगर, भदौं ८ गते । तीन दिने आधारभूत सहकारी शिक्षा तथा लेखा तालिम सम्पन्न भएको छ ।
सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगति विनायक टोल विराटनगर–८ को आयोजनामा सोही ठाउँको गणेश प्रगति सेवा समाजको सभाहलमा भएको तीन दिने तालिममा ४ वटा सहकारीका १९ जना महिला सदस्य र १८ जना पुरुष सदस्यहरुको सहभागीता रहेको थियो ।
आयोजक संस्थावाट ९ जना महिला र ११ जना पुरुषको सहभागीता रहेको थियो । त्यसैगरी सह–आयोजक अत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडवाट १ जना महिला र ६ जना पुरुष, अलका बचत तथा ऋण सहकारी संस्था लिमिटेडवाट २ महिला १ पुरुष र महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडबाट ७ जना महिलाहरुको मात्र सहभागीता रहको थियो ।
उक्त तालिममा सहकारी रजिष्टार तथा सहकारी प्रशिक्षण कार्यालय प्रदेश नं. १ कार्यालयका अधिकृत नरेन्द्र पराजुली र एकनाथ दाहाले सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रमका प्रमुख अतिथी एवंम सहजकर्ता दहालले भने यो तालिम सवभन्दा छोटा अवधिको तालम भएकोले सहकारी संचालनका लागि प्रारम्भिक ज्ञान र हरहिसाव चस्त दुरुस्त राख्न समान्य ज्ञानको बारेमा मात्र सहजीकरण गर्न सकेको यस्तो तालमको अवधि कम्तीमा १ हप्ता हुनु पर्ने वहांको भनाई थियो ।
तालिम समापन कार्यक्रममा अतिथीका तर्फवाट महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण कुमारी थापा, अलका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पार्वती कुमारी विष्ट, अत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष माधव प्रसाद खतिवडाले सहकारी संचालनका वारेमा मन्तव्य राखेका थिए ।
त्यसैगरी सहभागीका तर्फवाट महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडका रञ्जना न्यौपाने, अलका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका होम प्रसाद खतिवडा, सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मिना सुवेदी दंगाल, शेर बहादुर सुवेदी र श्याम सन्दर सुतिहारले तालिममा भएको उपलब्धी र कमी कम्जोरीको वारेमा प्रकाश पार्दै यस्ता तालिमहरु बेलाबेलामा सहकारीहरुले गरी राख्नु पर्ने विचार व्यक्त गरका थिए ।
सहभागीहरुलाई आयोजक संस्थाका अध्यक्ष, सह–आयोजक संस्थाका अध्यक्ष र प्रशिक्षकहरुले प्रमाणपत्र प्रदान गरीएको थियो । कार्यक्रम संचालन कृष्ण भट्टराईले गरेका थिए । सहमती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]