विराटनगर, भदाै २६ गते । विराट राजवंशीका भाषा, कला-संस्कृति, सत्कारहरु उजागर गर्न र संरक्षण गर्न विराट राजवंशीलाई विराटनगरमा पहिलो जातिको रुपमा सूचिकृत गर्नका उद्देश्यले आउदो असोज १० गते देखि असोज २१ गते सम्म “विराट राजवंशी दोस्रो महोत्स्व २०७९” गर्न लागेका छन ।
नेपाल पत्रकार महासंघकाे सभाहलमा पत्रकार सम्मेलन गरी साे कुराकाे जानकारी गराएकाे हाे । उक्त महाेत्सव “विराट राजवंशी प्रगतिशील विकास समाज समिति” ले दोस्रो पटक गर्न लागेको विराट राजवंशी प्रगतिशील विकास समाज समिति केन्द्रिय अध्यक्ष किरण राजवंशीले वताउनु भयाे ।
महाेत्सवकाे मुख्य उदेश्य विराट राजवंशीका भाषा, कला-संस्कृति, सत्कारहरु उजागर गर्न र संरक्षण गर्न विराट राजवंशीलाई विराटनगरमा पहिलो जातिको रुपमा सूचिकृत गर्नकाे लागि हाे ।
मेलामा विराट राजवंशी समुदायको मौलिक खानपान, भेष-भाषा प्रदर्शन, संस्कृतिहरु प्रदर्शन गरिनुका साथै बालबालिका तथा युवा युवतीहरुका मनोरन्जनका निम्ति झूला, रोटे पिङ्ग, ब्रेक डान्स तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती समेतको व्यवस्था गरिएको आयाेजकले जानकारी गराउनु भयाे ।
त्यसैगरी मेलामा जम्मा ६० वटा स्टलहरु रहनेछ । विराटनगर-८ हाटखोला चोकको पुरानो बुद्ध हटिया लाग्ने खाली चौरमा यो मेला आयोजना गर्न लागिएको हो । मेला सफलतापूर्वक सम्पन्न गर्न १३ सदस्यीय मूल समिति र उप समितिहरु समेत निर्माण गरिएका छन ।
विराट राजवंशी समुदाय विराटनगरकै पेरिफेरी जस्तै भोरङ्ग, सुनसरी, झापा लगायतका विभिन्न जिल्लाहरुमा सदियौदेखि बसोवास गर्दै आएको समुदाय हो । यो समदायको आफ्नै भाषा, संस्कृति र पहिरन छ । विराटनगर महानगरपालिका सहित आसपासका गाउंपालिकामा यो समुदायको ४० हजार जनसंख्या रहेको अनुमान छ ।
मेलामा विराटनगर महानगरपालिका सर्वधाराण का साथै आसपासका गाउपालिका र भारतीय सीमावर्ती राज्यका सर्वसाधारणहरुले अवलोकन गर्ने अनुमान छ । मेलामा करिब १ लाख सर्वसाधारणले अवलोकन गर्ने आयाेजककाे अनुमान छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]