विराटनगर, भदाै २७ गते । मिल्स एरियाका भुतपूर्व खेलाडीहरु द्वारा स्थापना गरिएको मिल्स भेट्रान्स क्लबले असाेज १ गते देखि मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता संचालन गर्ने भएका छन ।
नेपाल पत्रकार महासंघकाे हलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी मिल्स एरियाका भुतपूर्व खेलाडीहरु द्वारा स्थापना गरिएको मिल्स भेट्रान्स क्लबले दिर्घकालिन रुपमा फुटबल खेल द्वारा शारिरीक विकासको लागि “युवा | अवस्थाको स्मृति र आजको रहर” भन्ने नाराका साथ पूरानो खेलाडी साथीहरु भेटघाट र नया पुस्ताका खेलाडीहरुलाई प्रोत्साहन गर्नको निम्ति खेल आयोजना गरि रहेकाे वताए ।
हाम्रो मिल्स भेट्रान्स क्लबले हाल ग्रासरुटका ९० जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने कार्य भई रहेको र उनीहरुलाई खेल्ने खेल सामाग्रीको सुविधा दिदै खेलकुद जगतमा स्वास्थ्यको लागि खेलका माध्यमबाट राष्ट्रको पहिचान गराउनको निम्ति यो मिल्स भेट्रान्स गोल्डकप २०७९ प्रतियोगिता आयोजना गर्न लागेकाे खेल संयोजक मनोज खडकाले जानकारी गराए ।
उक्त प्रतियोगितामा मिल्स भेट्रान्स क्वल, रानी, बिराटनगर (ख) मर्निङ्ग भेट्रान्स क्लब, हालखोला, विराटनगर, यूनाईटेड भेट्रान्स क्लब, बिराटनगर, दुहबी भेट्रान्स क्लब, दुहबी रहनेछन् ।
त्यसैगरी हाम्रो धरान भेट्रान्स क्लब, धरान, दुलारी भेट्रान्स क्लब, दुलारी, भरौल भेट्रान्स क्लब, भरौल, राजघाट भेट्रान्स क्लब उर्लाबारी, दमक-लखनपुर भेट्रान्स क्लब, दमक, विर्तामोड भेट्रान्स क्लब, विर्तामोडकाे सहभागिता हुने छ ।
उक्त खेलकाे विजेता टीमलाई ५१ हजार १ सय ११ र उपविजेतालाई ३१ हजार १ सय ११ प्रदान गर्ने भएकाे छ । प्रतियोगितामा ५ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ । प्रथम हुने टीमलाई दिईने नगद रकम जनता समाजवादी पाटी नेपाल माेरंग अध्यक्ष राज कुमार यादवले दिने आयाेजकले जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]