विराटनगर, भदौ २७ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आउँदो माघ १९ गते देखि विराटनगर महानगर पालिका वडा नं. २ शंकरपुर मार्गमा अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्सपो २०२३ हुने भएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को कार्यालयको हलमा पत्रकार सम्मेलन गरी आउँदो माघ १९ गते देखि २८ गते सम्म अर्थात १० दिन सम्म प्रदर्शनी रहने एक्सपोका संयोजक राजेन्द्र राठीले जानकारी गराएको हो । नेपालउद्योग परिसंघ प्रदेश नं १ बाट निर्णय भई उक्त प्रदर्शनीका लागी जिल्ला प्रशासन कार्यालय मोरंगबाट २०७८ चैत २९ मा स्वीकृत प्राप्त गरि एक्स्पोका कार्यहरु अगाडी बढाइएको जानकारी समेत गराएका थिए ।
एक्सपोमा प्रदेश नं १ सहित मुलुकका बिभिन्न स्थान तथा बिदेशमा उत्पादन हुने कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्र्रदर्शनी, बिक्री समेत हुनुका साथै नया संचार तथा इलेक्ट्र्रोनिक्स प्रबिधिको पहिचान संगै कृषिमा हुदै गएको आधुनिकि करण स्वास्थ्य मेडिकल क्षेत्रको नया प्रबिधि तथा सामाग्रीको पहिचानर प्रदेशमा स्वदेशी बस्तुको उत्पादनका साथै ब्यवसायिकरण, पर्यटनको संभावना संगै ति स्थानहरुको पहिचान एवं गन्तब्यको सुनिश्चितताको खोजी हुने आयोजकले दावी गरेको छ ।
कृषि उत्पादनका बस्तु सेवाको प्रबर्धन गर्ने पर्यटन बिकास र स्थानिय उत्पादनलाई बजार ब्यबस्थापनका लागी समेत एउटा महत्वपुर्ण अवसरको रुपमा यो प्रदर्शनि रहने छ र यसबाट राष्ट्र्रिय तथा अन्तराष्ट्र्र्यि नया लगाानीकर्ताहरु समेत आकर्षित हुने आयोजकको विश्वास रहेको छ । बृहत रुपमा कृषि, उपभोग्य बस्तु, मिलमेशिनरि औजार, अटो र सेवा क्षेत्रकोसंग सम्बन्धीत उद्योगिहरु र शिक्षा स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्रका लगाानी कर्ताहरु सहित, सेवाप्रदायक र नागरिकको बृहत सहभागिता रहने यस प्रदर्शनिबाट करोडौको कारोवार समेत हुने हुंदा यो प्रदर्शनिआर्थिक बिकासका लागी महत्वपुर्ण अवसर हुन एक्सपो सह संयोजक गिरीजा सारडाले जानकारी गराए ।
उक्त प्रदर्शनीमा स्वदेशी तथा बिदेशी मुलुकहरु भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरु बाट समेत सहभागिता गराउने योजना रहेको छ र बिबिध मनोरन्जन र सांस्कृतीक कार्यक्रमहरु त्था फनपार्क समेत समाबेश गरिने भएकाले युवा बर्गहरुको आकर्षण तथाबालबालीकाहरुको लागी सकारात्मक उर्जा र बिकास नेपाल उद्योग परिसंघ प्रदेश नं. १ अध्यक्ष भीम घिमिरेको भनाई छ ।
एक्सपो प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम रहनुका साथै ३ सय ५० भन्दा बढी स्थलहरु रहने आयोजकको दावी रहको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]