विराटनगर, श्रावन २७ गते । भगवान कृष्णको जन्मभएको दिनलाई जनमाष्टीको रुपमा पूजापाठ गरी भव्य भीडभाड हुने विराटनगरको राधाकृष्ण मन्दिर परिसर सुनशन देखिएको छ भने गेटमा राधाकृष्ण अंकित झण्डा लिन थोरै संख्यामा भीडभाड लगेको छ ।
विराटनगर महानगरपालिका को तिनपैनीमा रहेको राधाकृष्ण कृष्ण जन्माष्टमीका दिन भव्य रुपमा झलन महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाई रहेको थियो भने यस पालि कोरोना भाइरसको महामारीले पुजा पाठमा प्रतिवन्ध लागाएपछि मन्दिर सुनशान भएको छ ।
त्यसैगरी एशियाकै सवभन्दा दोस्रो ठूलो राधाकृष्ण रथ यात्रा समेत नगर्ने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पहिले नै जानकारी गराई सकेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन् ।
कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन नेपाल सरकाले आग्रह गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]