विराटनगर, असाेज ८ गते । तीनवटा क्लबहरूकाे संयुक्त आयाेजनामा भेट्रान फुटबल प्रतियोगिता असाेज ९ गते देखि १५ गते सम्म हुने भएकाे छ ।
प्राय जसो छुट्टा-छुट्टै खेलकुदका कार्यक्रम आयोजना गर्ने र विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाई रहेका ३ ओटा क्लबहरू एकै ठाउँमा उभिएर संयुक्त रूपमा भेट्रान फुटबल प्रतियोगिता गर्ने भएका छन ।
प्रतियोगिता आयाेजक कमिटी संयाेजक किशोर धमलाले पत्रकार सम्मेलन गरी सि.एम.जी स्वस्थ क्लब, विराट बुद्ध स्पोर्टिङ क्लब र पेमा युवा क्लबको संयुक्त आयाेजनामा भेट्रान फुटबल प्रतियोगिता हुन लागेकाे वताए ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै विराटनगरको स्थानीय शहिद रंगशालामा हुने प्रतियोगिता भेट्रान फुटबल खेलाडी स्व. विजय भुजेल (बन्टी) को स्मृतिमा गर्न लागिएको हो ।
कटहरी गाउँपालिका वडा न. १ महेशपुर निवासी विजय भुजेलको अल्पायूमा नै २०७९ असार ८ गते स्वर्गारोहण भएको थियो । मिजासिलो स्वभावका धनी एक कुशल खेलाडी स्व. भुजेल सदैव हाम्रो मन मस्तिष्कमा बसी रहनेछन् । खेल क्षेत्र तथा समाजमा उनले पुयाएको योगदानको कदर गर्दै सम्मान स्वरूप हामीले स्व. बन्टी भुजेल स्मृति कप रनिङ्ग शिल्ड भेट्रान फुटबल प्रतियोगिता २०७५ को आयोजना गर्न लागेकाे वताए ।
४० वर्ष माथिका खेलाडीहरूको सहभागीता रहने यस प्रतियोगिताको मुख्य उद्देश्य स्व. बन्टीप्रतिको सम्मानका साथै उमेर ढल्कदै गएका पुराना खेलाडीहरूलाई एकत्रित गरेर खेल क्षेत्रमा निरन्तर लागि रहन हौसला प्रदान गर्नु रहेकाे वताए ।
धखेल मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ रहने भरपर्दो माध्यम भएको हुनाले हामीले भेट्रान खेललाई यस पटक प्राथमिकतामा राखेर झापा, मोरङ, सुनसरी र मधेश प्रदेशका गरेर १० ओटा क्लबको सहभागिता रहने छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]