विराटनगर, श्रावण २७ गते । प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिका वडा नं. १९ बाहेक सवै वडाहरुमा कोरोना भाइरसको संक्रमित फेला परी सकेको छ ।
विराटनगर महानगर पालिका भित्र कोरोण संक्रमितको संख्या ३ सय १३ पुगेको छ भने ६९ जना कोरोनालाई जितेर घर फर्कि सेकेको छ । त्यसै गरी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा विराटनगर महानगर पालिका वडा नं. ५ का १ जना र वडा नं. ९ का दुई जना रहेका छन् ।
समुदायमै कोरोना संक्रमण फैलिएका भन्दै विराटनगर महानगर पालिका वडा नं. ९ को गुद्री वजार क्षेत्रलाई ७२ घण्टाको लाग शिल गरिएको छ । त्यस क्षेत्रका मानिसहरु घरभित्रै बस्न वाध्य भएका छन् ।
विराटनगर महानगर पालिका वडा नं. ९ मा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]