विराटनगर, असोज १३ गते । प्रत्येक वर्ष झै यस वर्ष पनि न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर गरीएको सचेतना मूलक कार्यक्रमा, शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले मुटुलाई स्वस्थय राख्न खानपिन र शारिरीक व्ययाम आवश्यक रहेको एक डाक्टरले वताउनु भएको छ ।
उक्त कुरा लर्डबुद्ध कलेज विराटनगरमा आयोजित गु्रप कार्डियाकवर्कआउटलाई द व्ययामशाला, इटहरीले समन्वयमा भएको गु्रप कार्डियाकवर्कआउट पछि आयोजित कार्यक्रममा बोल्दै विराटनगर स्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले वताएको हो ।
‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्य बनौं । ‘प्रत्येक मुटुको लागी मुटुप्रयोग गर्ने प्रतिज्ञा गरौ’ भन्दै ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं, रोग बढ्न नदिऔं, समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राखौं,’ भन्न धारण समेत व्यक्त गर्नु भएको थियो ।
मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेक–जाँच र खानपिनमा परिवर्तन आवश्यकरहेको भन्दै ‘मासुजन्य, तारेको, भुटेको, कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिने कुरालाई ध्यान दिए मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ,’ भन्ने डा. श्रेष्ठले दावी गरे ।
गु्रप कार्डियाकवर्कआउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारणको सहभागीतारहेको थियो ।
सोही अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक श्रीमतीअनिशा विष्ट, अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई, मेडिकल डाइरेक्टर डा. शैलजा क्षेत्री (श्रेष्ठ) लगायतको उपस्थिती रहेको थियो ।
मुटु दिवस २०२२ को उपलक्ष्यमा असोज ९ गते देखि १४ गते सम्म सप्ताहव्यापी कार्यक्रम संचालन गर्ने भएको छ । सो अवधी भरी अस्पतालमा मुटु सम्वन्धी निःशुल्क आपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिने अस्पताले घोषणा गरेका छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]