विराटनगर, असोज २६ गते । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरवाट सयौको संख्यामा सम्मान पाईसकेका सामाजिक व्यक्तित्वको रुपमा सुपरिचित दीनबन्धु गोयलको विराटनगरमा शुक्रवार नागरिक अभिनन्दन हुने भएको छ ।
सो नागरिक अभिनन्दन समारोहको प्रमुख अतिथि नेपालको प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादव रहनु हुनेछ भने विशेष अतिथिको रुपमा पशुपति नाथ मन्दिरका मूल भट्ट रहनु हुने छ । उक्त कुराको जानकारी पत्रकार सम्मेलनको आयोजना गरी नागरिक सम्मान समारोहका अध्यक्ष सुरेश कुमार शर्माले गराउनु भएको हो ।
विक्रम सम्वत २००५ साल वैशाख १८ गते झापाको भद्रपुरमा पिता जुगलकिशोर र माता नारायणीदेवीका साहिला सुपुत्रका रूपमा जन्मनु भएका गोयल झापा, मोरङ र अरु छिमेकी जिल्लामा सामाजिक व्यक्तित्वका रुपमा सुपरिचित भएको जानकारी गराउँदै प्रारम्भिक शिक्षा झापाको भद्रपुर माध्यमिक विद्यालय र उच्च शिक्षा भारतको दार्जिलिङस्थित सरकारी कलेजबाट पूरा गर्नु भएका गोयलले बाल्यकाल अभावमै विताउनु परेको शर्माले वताए ।
बीएस्सी सम्मको उच्च शिक्षा हासिल गरेर व्यापार व्यवसायमा लाग्नु भएका गोयलले विविध खालको व्यापार, उद्योग र निर्माण व्यवसायको समेत अनुभव हासिल गर्नु भएको छ । गोयलले विराटनगरलाई कर्म थलो बनाइ लामो समयसम्म विभिन्न उद्योगहरुमा समेत आवद्ध भई व्यापार व्यवसायमा विस्तारै उन्नति गर्दै अघि बढ्नु भएको गोयलमा धन सम्पत्ति कमाउने र जम्मा गरेर राख्ने मोह कहिल्यै जागेन, आफूले आर्जन गरेको सम्पत्तिको ठूलो हिस्सा समाज सेवाको क्षेत्रमै खर्च गर्दै आउनु भएको समेत जानकारी गिराए ।
छ । झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुमलगायत विभिन्न जिल्लामा रहेका दुई सय भन्दा बढी शैक्षिक, धार्मिक, सामाजिक संघसंस्थाहरुलाई उहाँले निरन्तर रुपमा आर्थिक सहयोग पुयाउँदै आइरहनु भएको छ । उहाँले सहयोग पुयाउँदै आउनु भएका संघसंस्थाहरुको संख्या निरन्तर बढ्दो रहेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
गोयल असहायका सहाय, दीनदुःखीहरुका बन्धु, बाटो बिराएका युवाहरुका पथप्रदर्शक, समाजका अग्रज हुनुहुन्छ । उहाँले सहयोग पुयाएका संघसंस्थाहरु नै अनगिन्ती छन् । व्यापार व्यवसायलाई पूरै छाडेर विगत दुई दशकदेखि निरन्तर रुपमा सामाजिक सेवाको मात्रै कार्य गर्दै आइरहनु भएको छ । कुनै सामाजिक, धार्मिक, शैक्षिक आदि कार्यका लागि सहयोगको अपेक्षा लिएर उहाँको ढोकासम्म पुग्ने कसैलाई पनि उहाँ खाली हात फर्काउनु हुन्न । दिन रात उहाँको ध्यान समाजसेवामै छ । यस्ता दानवीर व्यक्तित्वको सम्मान गर्नु, अभिनन्दन गर्नु समाजको कर्तव्य भएको शर्माको भनाई थियो ।
यही ठानेर विराटनगरको समाजले उहाँको नागरिक अभिनन्दन गर्ने निर्णय गरेर समाजसेवी एवं विराटनगरको समाजका अग्रज व्यक्ति श्री सुरेश कुमार शर्माको अध्यक्षतामा नागरिक अभिनन्दन समिति गठन गरी यही असोज २८ गते शुक्रबारका दिन उहाँको नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको हो । नागरिक अभिनन्दनका लागि १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाहकार समिति र ४ सय ७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]