विराटनगर, श्रावण २८ गते । नेपाल प्रहरी र शसस्त्र प्रहरीले नेपाल भारतको सिमानाकामा कडाई गरेपछि भारत तर्फका केही अपराधीक व्यक्तिहरुले नेपाल प्रहारीलाई लक्षित गरी गोली प्रहार गरेको छ ।
बिराटनगर महानगर पालिका वडा नं. १६ दरैया बस्तीमा ड्युटीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट र विराटनगर महानगर पालिका वडा नं. १२ बखरी प्रहरी चौकीको टोलीले खादम खोला नजिक रहेको पोस्टमा ड्यूटी रहेको प्रहरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।
नेपाल प्रहरीलाई लक्षित गरी भारत सिमाबाट गोली प्रहार गर्ने आशंकामा भारतीय पुलिसले सिकन्दर नाम गरेको एक व्यक्तिलाई नियन्त्रणमा लिई अन्य दुई जनाको खोजी भई रहेको भारतीय प्रहरीले जानकारी गराएको छ ।
सिमानाकावाट केही सयमय यता नेपाल प्रहरी र सशस्त्र प्रहरीले कपडा, सुन, लागुऔषध, खाद्य्यान सामग्री लगायतका समानहरु ठूलो परिणाममा पक्राउ पक्राउ गरि रहेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले कडाई गरेपछि त्यसैको प्रतिकारको रुपमा तस्करहरुवाटै गोली प्रहार भएको स्रोतको दावी छ ।
सिमानाका ड्यूटीमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी माथ यसअघि पनि धेरै पटक ढुंङ्गा, इट्टा प्रहार हुँदै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]