विराटनगर कार्तिक १ गते । सघियसभार प्रदेशसभा चुनाउको मुखमा आएर जनता समाजवादी पार्टी नेपाल परित्याग गरी दर्जनौ नेता तथा कार्यकताहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालयमा एक कार्यक्रमका आयोजना गरी बसुन्धरा झाको नेतृत्वमा जसपा नेपालका महिला नगर कमिटी सहित विभिन्न वडाका १ सय ६५ जना अगुवा कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन ।
नवप्रवेशीहरुलाई नेकपा एमालका स्थायी कमिटी सदस्य गुरु बरालले पार्टी प्रवेश गराएका हुन् । झासँगै जसपाको जहदा नगर कमिटीका उपाध्यक्ष निरादेवी शाह, सचिव रुपा महतो, कोषाध्यक्ष सीता पैदार लगायत सिंगो नगर कमिटी एमालेमा समाहित भएको छ ।
त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीबाट गंगा सहनी लगायतको समूह पनि एमालेमा प्रवेश गरेको छ । गत स्थानीय तहको निर्वाचनमा विराटनगर ११ मा वडा अध्यक्षका उम्मेदवार रहेका सहनी सहितको टोली पनि एमाले प्रवेश गरेको छ ।
कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेश सभाका उम्मेदवार पर्शुराम बस्नेत, एमाले मोरङ उपाध्यक्ष बाबुराम कार्की, मोरंग क्षेत्र नं. ४ (ख) का उम्मेदवार जीवन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]