हिरालाल साह/
विराटनगर, कार्तिक १५ गते । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार फिरोज साह चुनाव चिन्ह ‘लौरो’ लिएर जनताको घरदैलोमा भोट माग्दै ठूलावडासंग आर्शिवाद लिदै चुनावी गतिविधीलाई तिव्रता दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन आफूलाई विजय गराउन भन्दै नेपालीहरुका महान चाडपर्व दशै, तिहार, छठको वेलालाई सदुपयोग गर्दै चुनावी अभियानलाई तिव्रता दिएको थियो । साह स्वतन्त्र रहने गरी हाम्रो नेपाल पार्टीको सहमतीमा ‘लौरो’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रेको छ ।
बा–आमालाई टेकाउने भ्रष्टहरुलाई सेकाउने, देश परिवर्तनका लागि युवालाई जिम्मेवारी क्षेत्रमा आमुल परिवर्तनका लागि मेरो उम्मेदवारी चुनावी नाराका साथ १० बुद्धे प्रतिवद्धता पत्र लिएर मतदाताको घरघरमा पुग्ने गरेको छ । १० बुद्धे प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, महिला, बालबालिका तथा यूवा, पर्यटन, फोहोर व्यवस्थापन, सम्पदा, कृषि, खेलकुद, खुला ठाउँ र हरियालीलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
साहले विगत २० वर्ष देखि राजनीतिमा लागेका हुन् । सो अवधीमा समाजमा भई रहेको सामाजिक कार्यहरुमा योगदान गर्दै आएका छन् । अहिले सम्म यस क्षेत्रवाट जितेर गएका नेताहरु व्यक्तिवादी भएर सम्पत्ति कमाउने थलोमात्र बनाएको, राजनीतिलाई सेवा भन्दा पनि व्यवसाय बनाएकोले आफू जनताको सेवा गर्न स्वतन्त्र उम्मेदवारी दिएको साहको दावी छ ।
चुनावी अभियान लिएर मतदाता भेटघाटमा जाँदा आममतदाताले चुनावमा जितिरे गएका जनप्रतिनिधी फेरी फर्केर नआउने, भौतिक पूर्वाधार विकासमा ध्यान नदिने, शिक्षा, स्वास्थ्य क्षेत्रलाई वेवास्ता गर्ने गुनासो गरेको वहाँले वताए ।
ती मतदातालाई साहले आफू निर्वाचित भएपछि आफ्नै निर्वाचन क्षेत्रमा सम्पर्क कार्यलय राख्ने, मतदातासंग नियमित भेटघाट गर्ने र आफूले घोषणा पत्र मार्फत प्रतिवद्धता गरेका कुराहरुलाई सार्थक पार्ने काममा लागि रहने प्रतिवद्धता गर्दै आएको छ ।
पार्टीका उम्मेदवारहरुवाट आम मतदाता आर्जित भएकाले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै मोरंग क्षेत्र नं. ५ मा प्रतिनिधी सभा तर्फ स्वतन्त्र उम्मेदवार वीच नै प्रतिस्पर्धा हुने त्यसमा पनि समाज सेवामा मेरो छुट्टै पहिचान भएकोले आम मतदाताले आफूलाई मतदान गरी विजय बनाउने साहका दावी छ ।
मोरंग क्षेत्र नं. ५ मा प्रतिनिधी सभा सदस्य तर्फ एमालेको सहकार्यमा जनता समाजवादी पार्टी नेपालवाट राज कुमार यादवको उम्मेदवार रहको छ । त्यसैगरी सत्ता रुढ गठवन्धनवाट नेकपा (माओवादी केन्द्र) वाट शिव कुमार मण्डलको उम्मेदवारी छ । स्वतन्त्रवाट योगेन्द्र मण्डल लगायत १६ जनाको उम्मेदवारी रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]