विराटनगर, कार्तिक १६ गते । मोरंग निर्वाचन क्षेत्र नं. ५ बाट गठवन्धन गरी उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरु संगसंगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै ठूलावडाहरु संग आर्शिवाद लिदै चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
घरदैलो अभियानको अन्तिम दिन मोरंग क्षेत्र नं. ५ प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी दिएका जनता समाज वादी पार्टी नेपालको राजकुमार यादव र नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का तर्फवाट क्षेत्र नं. ५(१) वाट उम्मेदवारी दिएका संतोष कुमार साह संयुक्त रुपमा रंगेली नगरपालिका वडा नं. ४, ५, ६ र ७ घरदैलोमा पुगेर मतदाताहरुसंग आफूहरुलाई मतदात गरी बहुमतले विजय गराउन आग्रह गरेका छन् ।


मोरंग क्षेत्र नं. ५ बाट जितेर गएका जनप्रतिनिधीहरुले यस क्षेत्रको विकास र उन्नती गर्न नचाहेर पछाडि पारिएको क्षेत्र हो । यस क्षेत्रमा कृषी उत्पादन, पर्यटन, शिक्षा, रोजगार लगात अनेकौ सम्भावनाहरु रहका छन् । त्यसलाई सदुपयोग गर्न सके क्षेत्र नं. ५ स्वर्ग वन्न सक्छ तर पनि कुनै नेताले त्यस्तो गरेन तर तपाईहरु हाम्रो गठवन्धनको उम्मेदवारहरुलाई मतदान गरी अत्याधिक मतले विजय गराउन आग्रह गर्दै आफूहरु विजय भएमा यस क्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उम्मेदवारले प्रतिवद्धता जनाएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]