विराटनगर, कार्तिक १७ गते । अन्तर प्रदेश स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगिता आज देखि विराटनगरमहानगर पालिका वडा नं. १४ स्थित पुरानो हवाई फिल्ड जतुवामा शुभारम्भ हुँदैछ ।
उक्त प्रतियोगिताको शुभारम्भ स्थानीय १ सय वर्षिय जेष्ठ नागरिक धनीलाल यादवले दिउँसो १ बजे समुद्घाटन गर्नु हुने छ । पुरुष कबड्डी प्रतियोगितमा प्रदेश १ र मधेश प्रदेशका टीमहरुको सहभागीता रहने छ ।
सो प्रतियोगितामा प्रदेश १ को उदयपुर, धनकुट्टा, झापा, मोरंग, सुनसरी जिल्लाका साथै मोरंग जिल्लाबाट आयोजकको तर्फवाट एउटा टीम सहभागी रहने छ भने मधेश प्रदेशको सप्तरी जिल्लावाट एउटा टीम गरी सातवाट टीमको सहभागीता रहने आयोजकले वताए ।
कार्तिक १७ गते देखि १९ गते सम्म संचालन हुने प्रतियोगितमा करीब ३ लाख ५० हजार खर्च हुने र प्रतियोगित हेर्न ५ हजार दर्शकको सहभागीता रहने आयोजकले अनुमान गरेका छन् ।
प्रतियोगितामा १ नं. प्रदेश खेलकुद विकास वोर्ड र जिल्ला कबड्डी संघ मोरंगको प्रविधीक सहयोग रहने कुरा आयोजक संस्थाको अध्यक्ष भूपेन्द्र यादवले वताए ।प्रतियोगितामा प्रथम, द्धतीय र तृतीय हुने टीमलाई सिल्ल, मेडल प्रमाण पत्रका साथै नगद पुरस्कार प्रदान गर्ने छ । प्रतियोगितमा सहभागी टीमलाई यातायात, खान, बस्न लागि आयोजकले व्यवस्था गरीएको छ ।
अन्तर प्रदेश स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगिता अन्तर प्रदेश स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगित समित संयोजक परमेश्वर यादवको अध्यक्षतामा हुने छ ।
स्थानीय विराट युवा तथा महिला विकास केन्द्र तथा अन्तर प्रदेश स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगित समितको आयोजनामा हुने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]