विराटनगर, कार्तिक १८ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले नेपाली कांग्रेसका शेखर कोइरालालाई समर्थन गरेका छ ।
पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएका हुन । प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने पासवानको प्रस विज्ञप्तीमा उल्लेख छ । “नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौ,” विज्ञप्तिमा भनिएको छ, ।
“नेपाल बहुजन शक्ति पार्टीका हामी सबै प्रतिनिधिहरू डा. शेखर कोइरालाको चुनावी अभियानमा जुटेर उहाँलाई अत्यधिक मतबाट विजय गराउन सक्रिय भएर लाग्नका लागि पनि आह्वान गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]