विराटनगर, कार्तिक १८ गते । नेकपा (एमाले) प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धता पत्र भोली शनिवार सार्वजनिक गर्ने भएका छन् ।
तयारी समितिका सचिव यज्ञप्रसाद शर्माका अनुसार सो प्रतिवद्धतापत्रको तयारी अन्तिम चरण पुगेको र कात्तिक १९ गते शनिवार सार्वजनिक हुने वताए ।।
केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आउन लागेको प्रदेश प्रदेशस्तरीय प्रतिवद्धतापत्र एक नम्बर प्रदेशको वस्तुगत अवस्था र मौलिकतामा आधारित हुने जनाइएको छ ।
प्रतिबद्धतापत्रमा प्रदेश १ लाई आत्मनिर्भर बनाउने, मुलुकको समृद्धिमा योगदान गर्ने, प्रदेश १ लाई मुलुकमा प्रवेश गर्ने द्वारका रूपमा विकास गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बंगलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिक्तम उपयोग गर्ने रहेको छ ।
त्यसैगरी गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले शुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्ने, संघीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेहरूका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिनेजस्ता विशेष महत्वका कार्ययोजनाहरू प्रदेशको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
सो प्रतिवद्धतापत्र शनिवार सार्वजनिक भएपछि प्रदेशका आम मतदाता बीच पु¥याइने एमाले प्रदेश १ कमिटीको योजना रहेको छ । एक नम्बर प्रदेश अध्यक्ष तुलसी न्यौपानेको संयोजकत्वको विशेषज्ञ समितिले तयार गरेका छन् ।
सो प्रतिवद्धतापत्र एमालेको प्रदेश कार्यालबाट सार्वजनिक हुने भएको छ । प्रतिवद्धतापत्र सारभूत रुपमा केन्द्रको घोषणापत्रमा आधारित भएको जनाइएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]