विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासनलाई निर्देशन दिएको छ ।
शनिवार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्र कार्कीले यस्तो बताउनु भएको हुन ।
सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने दृढ रहेको सरकारले निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासनलाई निर्देशन दिएका छन् ।
आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउने बताउँदै मन्त्री कार्कीले योजना र कार्यदिशाका साथ निर्वाचन सम्पन्न गर्ने बताउनु भयो । प्रदेशले निर्वाचन सम्पन्न गर्नका १४ जिल्लाकै निर्वाचन कार्यालयमा सुरक्षाका लागि आवश्यक साधन श्रोतको उपलब्ध गराउन निर्देशन दिएको बताए ।
निर्वाचनमा सूचनाको संयन्त्र प्रभावकारी बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले निर्णयका कुराहरू एकरूपताका साथ कार्यान्वयन गर्न निर्देशन दिए । कार्यक्रममा १४ जिल्लाकै सुरक्षाका अधिकारीहरूले जिल्लाको स्थितिका बारेमा प्रस्तुति दिएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]