विराटनगर, कार्तिक २१ गते । मोरङ क्षेत्र नं. ४ (ख) प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले) तर्फका उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
घिमिरेले कटहरीका गाउँपालिका वडा नं. १, २ र ३ र विराटनगर महानगरपालिका वडा नं. १, २, ३, ८, १०, मा घरदैलो, टोलभेला तथा मतदातारुलाई घर, वाटो घाटोमा भेटघाट गर्ने अभियानलाई तीब्रता दिएका हुन् ।
प्रदेश १ कोसामाजिक विकासमन्त्री भएका बेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएको स्थानीयहरुको भनाई छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा ‘तपाईँबाट ठूलो आशा गरेका छौं’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईँबाट थाहा भयो विराटनगर ८ का मनोज महतोले बताए ।
विराटनगर महानगर पालिकाको वडा नं. ३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा मतदाताहरु उत्साहित भएका छन् । घिमिरे मन्त्री भएका समयमा ज्येष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालन लगायत अन्य धार्मिक स्थानहरुमा सहयोग गरेका कारण जेष्ठ नागरिकहरु खुशी भएका छन् ।
एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनीय काम गरेका छन् । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकासलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।
विगत ५ वर्षको अवधिमा एमाले प्रदेशसभाका उम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ । आममतदाता समेतले घिमिरेको साथ दिई रहेको छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]