विराटनगर, कार्तिक २४ गते । मृगौला पिडित श्रीमानको जीवन रक्षाका लागि श्रीमति अनारवती कुमारी चौधरीले समाजिक संघ, संस्था, नागरिक समाज र मनकारी मन भएकाहरुसंग सहयोग गर्न आग्रह गरेकी छिन् ।
नेपाल पत्रकार महासंघ विराटनगरमा पत्रकार सम्मेलन गरी मोरंग जिल्ला बुढी गंगा गाउँपालिका वडा नं. ६ तिलाठे टोल बस्ने चौधरीले भने मेरो श्रीमान् राजकुमार सुतिहारको विगत १ वर्ष देखि मृगौला पिडित भएको त्यसको उपचारमा ९ लाख जति खर्च भई सकेको छ । मृगौला फेर्न अरु १० लाख लाग्ने भएकोले सो सहयोग जुटाई दिन सम्पूर्ण जन समुदायमा आग्रह गरेकी छिन् ।
गरीब परिवार भएका सुतिहार बैदेशिक रोजगारीको लागि मलेसिया गएका श्रीमान त्यही विमारी परेपछि २०७८ असोजमा घर फर्केका थिए । श्रीमानलाई दुहवीको सामुदायिक अस्पताल, विराटनगरको नोवेल हस्पिटल, गोल्डेन होस्पिटलमा उपचार हुन नसकेपछि दिल्लीको एम्स हस्पिलमा समेत उपचार गराएको निको नभएपछि हाल काठमाण्डौको वीर हस्पिटलमा उपचार गराई रहेको वताउँदै श्रीमानको मृगौलासंग मेरो सासुको मृगौला मेच गरेकाले त्यो मृगौला फेर्न १० लाख लाग्ने डाक्टरले वताएपछि सो रकम सहयोग गर्न आग्रह गरेको चौधरीको भनाई छ ।
सहयोग गर्ने संघ, संस्था, नागरिक समाज, मनकारी मनहरुले अनारवती कुमारी चौधरीको मोवाईल नं. ९८२४३३६९६६ मा फोन सम्पर्क गरी भेटेर सहयोग गर्न सक्ने छ वा अनारवती कुमारी चौधरीको नाममा सनराईज बैक लिमिटेडमा रहेको खाता नं. ०४०१०३२८२१८०११ मा जम्मा गरी सहयोग गर्नु सक्नु हुने छ । पिडितको ६ वर्षिय १ छोरी रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]