विराटनगर, कार्तिक २५ गते । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको लागि हुने निर्वाचनमा मोरंग क्षेत्र नं. ६ मा सत्तारुढ दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
मोरंग क्षेत्र नं. ६ मा ३ स्वतन्त्र सहित १५ जनाको प्रतिनीधिसभा तर्फ उम्मेदवारी परेको छ । जसमध्ये नेकपा (एमाले) पार्टी स्थायी कमिटी सदस्य लालवबाबु पण्डित र सत्तारुढ नेपाली काँग्रेसका तर्फवाट डा.शेखर कोइराला उम्मेदवार रहेका छन् । यी दुई उम्मेदवार वीच मुख्य रुपमा प्रतिस्पर्धा हुने आम मतदाताका आंकलन छ ।
यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका कोइराला २०७४ सालको निर्वाचनमा पण्डितसँग पराजित भएका थिए । आगामी निर्वाचनका लागि पनि एउटै मैदानमा पुरानै प्रतिस्पर्धी आम्नेसाम्ने भएका छन् । त्यसैगरी मोरंग क्षेत्र नं. ६ (१) प्रदेशसभा तर्फ ५ स्वतन्त्र सहित १३ जनाका उम्मेदवारी परेको छ भने ६(२) तर्फ १ स्वतन्त्र सहित ११ जनाको उम्मेदवारी परेको छ ।
मोरंङ्ग क्षेत्र नंंं. ६ (२) बाट प्रदेशसभातर्फ नेकपा (एमाले) का पर्शुराम बस्नेत (कृष्ण) र नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार छन् ।
उनीहरु बीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल पनि तिव्रता लिएको छ । उम्मेदवारहरु घरघरमा पुगेर मतदातासमक्ष मत मागिरहेका छन् । आफूलाई जिताउन आग्रह गर्दै अनेक आश्वासन दिएर मतदाता फकाउन व्यस्त छन् ।
२०७४ सालमा कार्की यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । उनी हाल प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । मन्त्री भएपछि अनेक विवादमा मुछिए । उनका प्राय ः कामकारबाही र निर्णयहरु विवादित छन् । जनभावना विपरीतका काम गरेको र विभिन्न अनियमिततामा मुछिएको आरोप मतदाताले लगाइरहेका छन् ।
त्यही भएकाले निर्वाचनको माहोलमा मोरङ क्षेत्र नम्बर ६ ‘२’ को चर्चा अलि धेरै हुने गरेको छ । विगतमा निर्वाचन जितेर गएपछि फर्किएर नआएको, मतदाताको गुनासो नसुनेको, सीमित झुण्ड तथा स्वार्थ समूहलाई च्यापेर हिँड्ने गरेको र योजनाहरुमा घोटाला गरेको आरोपका बीच कार्की मत माग्दै मतदातासमक्ष पुगिरहेका छन् ।
आफूमाथि लागेका आरोप चिर्ने प्रयास गर्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । तर खुलेआम रूपमा गरेको बदमासी ढाकछोप गरिरहेको भन्दै मतदाताले कार्कीका कुरा पत्याएका छैनन् । उनलाई पुनः चुनाव जिताउनु भनेको फेरि ५ वर्ष पछुताएर बस्नु हो भनिरहेका छन् ।
त्यहाँमाथि कार्कीका प्रतिस्पर्धी एमालेका युवा नेता बस्नेत छन् । चुनावी मैदान उनका लागि नयाँ भए पनि विभिन्न संघ संगठनमा बसेर सफल नेतृत्व गरेका कारण उनीप्रतिको क्रेज बढ्दो छ । विशेष गरेर युवाहरुको साथ उनले पाएका छन् । ब्रह्मपुरामा बस्नेतको उपस्थितिमा एमालेले गरेको घरदैलो र मतदाता भेटघाटले पनि त्यसको पुष्टि गर्छ ।
सीमित व्यक्तिहरु मिलेर सुरु गरेको घरदैलो अभियान अहिले ठूलो समूहमा परिणत भएको देखिन्छ । घरघरबाट घरदैलोमा सहभागी हुनेहरुको ताँती लाग्ने गरेका छन् । जसले बस्नेतलाई उत्साहित भएको छ । युवायुवतीदेखि वृद्धवृद्धासम्म सामेल हुँदै आएका छन् ।
यस क्षेत्रमा प्रतिनिधीसभा र प्रदेशसभा सदस्य तर्फ नेकपा (एमाले) र नेपाली काँग्रेस वीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ तर कस्ले मार्ला बाची ? त्यो चाहि मंसिर ४ गते मतदान भई सकेपछि मत परिणामले नै देखाउने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]