विराटनगर, कार्तिक २८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली काँग्रेस (नेका) परित्याग गरी सयौँको संख्यामा नेता तथा कार्यकर्ता लगायत सिगो गाउँकै मतदाता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा एमाले प्रवेश गर्नेमा बेलबारी नगरपालिका वडा ८ स्थित राईझारमा आइतबार सिंगो गाउँकैै मतदाताहरू एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य अमिन विश्वास, सुशीला विश्वास खवास र नगर जोहारीलाल खवासको नेतृत्वमा यूवा देखि वृद्धसम्म सबै उमेरका स्थानीय उत्साहित हुँदै एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका क्रियाशील सदस्य भवानी न्यौपाने लगायतका युवाहरू पनि एमाले प्रवेश गरेका छन् ।
१० वर्षको जनयुद्धमा सङ्घर्ष गर्दा पनि माओवादी पार्टीबाट देशले न्याय नपाएकोले एमाले प्रवेश गरेको जिल्ला कमिटी सदस्य अमिन विश्वासले बताए । एमाले विजय भएमात्र देश र जनताको भलो हुने बताउँदै मंसिर ४ गते सूर्य चिन्नमा मतदान गर्न समेत विश्वासले आग्रह गरेका छन् ।
उनीहरूलाई पूर्वमन्त्री तथा नेकपाका तर्फबाट मोरङ क्षेत्र नं.३ का प्रतिनिधिसभा पदका उम्मेदवार भानुभक्त ढकाल, बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख तथा क्षेत्र नं.३ (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र सुवेदीले औपचारिक रूपमा पार्टी स्वागत एवंम सम्मान गरेका थिए ।
ढकालले पार्टी प्रवेश गर्ने स्थायीहरूलाई स्वागत गर्दै गर्व अनुभूति भएको बताए । नेकपामा जुटेर नेतृत्वको सङ्घर्षमा छुटेका परिवार पुन ः एमालेमा समाहित भएको ढकालको भनइ छ ।
सबैले घेराबन्दी गरेर एमालेलाई कमजोर बनाउन कोशिश गरिरहेको बेला एमालेलाई जिताउँदामात्र राष्ट्र र जनताको जित हुन्छ भन्ने कुरालाई सुनिश्चित गर्न निर्णायक समयमा पार्टी प्रवेश भएको ढकालले बताए । अप्ठ्यारो बेलामा आएकोले पार्टीले उच्च–मूल्याङ्कन गर्ने ढकालले वचन दिए ।
विगतमा कम आएको जनताको गुनासो, निर्वाचन समापनपश्चात् क्षतिपूर्तिसहित घरदैलोमा आउने ढकालले प्रतिबद्धता पनि गरे । जनताले धेरै माया गरेकै कारण कम गुनासो आएको ढकालको भनाइ छ ।
आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा पूर्वराज्य मन्त्री तथा एमालेका प्रदेश कमिटी सदस्य राजकुमार ओझा, उद्योग व्यवसायी महासङ्घ केन्द्रीय सचिव रघु नेपाल, प्रदेश कमिटी सदस्य सुधन चौहान, मोरङ जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ, रविन थापा, गजेन्द्र लिम्बूलगायतको उपस्थिति थियो ।
केही दिनअघि बेलबारी ८ त्रिवेणी चोकमा नेपाली काँग्रेसबाट प्रभु चौधरीको नेतृत्वमा २० जना कार्यकर्ता एमाले प्रवेश गरेको रविन थापाले जनाएका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]