विराटनगर, कार्तिक २९ गते । मोरंगको दक्षिणी भारत सिमानासंग जोडिएको निर्वाचन क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टीले गठवन्धन गरी उम्मेदवारी दिएका छन् ।
जस अनुसार प्रतिनिधीसभा सदस्य तर्फ जनता समाजवादी पार्टीको तर्फवाट राजकुमार यादव र प्रदेशसभा सदस्य तर्फ ५(क) मा नेकपा (एमाले) का संतोष कुमार साह र ५(ख) मा जनता समाजवादी पार्टीकै जयराम यादवको उम्मेदवारी छ ।
प्रतिनिधीसभा सदस्य उम्मेदवार राजकुमार यादव र ५(क) नेकपा (एमाले) का उम्मेदवार संतोष कुमार साहसंगै मतदाताको घरदैलोमा आफुलाई मतदान गरी बहुमतले विजय गराउन भन्दा मतदाताहरु उत्साहित भएका छन् ।
यी दुवै उम्मेदवार इमानदार, कर्मनिष्ट, जनताको भावनालाई बुझने भएको जनताको सुख दुःखमा सधै सहयोगी भावना राख्ने भएकोले वहांहरु प्रति मतदाताको आकर्षण बढ्दो रहेको भन्दै एक मतदाताले भने यादव दुई पटक यही क्षेत्रवाट पराजीत भएपनि १० वर्ष देखि निस्वार्थ भावनाले जनताको सेवामा लागि रहे भने अको उम्मेदवार सह नयाँ अनुहारका जनताको काममा जोस जागरका साथ लाग्ने भएकोले यस पाली वहाँहरुको सुर्य र छाता चिन्हमा मतदान गरी वहुमतले विजय गराउन उत्साहित भएको वताए ।
मोरंग क्षेत्र नं. ५ विकास र समृद्धिका दर्जनौ सम्भावनाहरु ह्ुँदा हुदै पनि यहावाट निवाचित भएर गएका जनप्रतिनिधीहरुले यस क्षेत्रलाई उपेक्षामा परेका छन् । यस क्षेत्रका आर्थिक उन्नती, कृषिमा क्रान्ति, शिक्षामा, स्वास्थ्यमा सुधार, रोजगारीको श्रृजना लगायतको कार्य गर्न आफूहरु लागि पर्ने प्रतिवद्धता जनाउँदै सूय र छातामा मतदान गरी वहुमतले विजय गराउन साह र यादव द्धयको आग्रह छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]