हिरालाल साह
बिराटनगर, कार्तिक २९ गते । मंसिर ४ गते हुने निर्वाचनको अन्तिम तिर उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।
मोरङ क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार योगेन्द्र मंडलले रंगेली नगरपालिका तथा धनपाल गाउँपालिकामा हजारौं युवाहरूको स्वस्फूर्त नगर तथा गाउँपालिकामा र्याली मार्फत घ दैलोमा व्यस्त छन् ।
जनताको बिचमा बेरोजगारी समस्या समाधान, किसानलाई मल बीउ अभावको समस्या हुन नदिने, धनिहरु झन धनी हुने निति हटाउने, गरिबी समस्या पहिचान गरी हल गर्ने प्रतिबद्धता सहितको घर घरमा जनताबीच भोट माग्न ब्यस्त देखिन्छन् ।
चुनावमा आफु स्वतन्त्र उम्मेदवार भएकोले जनताको चाहनालाई समेटने तथा कुनैपनि दबाब नरहने भएकोले भ्रष्ट राजनीतिक चरित्र देखि वाक्क भएका जनताले अत्यधिक मतले जिताउने आजको यश रैलीमा हजारौंको सहभागीबाट स्पष्ट देखिन थालेको छ ।
मंडलले आफू पच्चीस बर्षदेखि समाज सेवामा नै रहेकाले जनतासँग प्रत्यक्ष सुख दुःख र समस्याको बारे बुझेकाले मलाई आफ्नो अमुल्य मत दिएर अत्यधिक मतले जिताउने विश्वास लिएको बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]