हिरालाल साह
विराटनगर, मंसिर १ गते । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ५(२) प्रदेशसभा सदस्यका उम्मेदवार अमृत अर्यालले निरन्तरकाे प्रयत्न र प्रयासबाट राजनीति सफल हुन्छ भन्नेमा बिश्वस्त छन ।
मधेस आन्दोलनको बेला उपेन्द्र यादवले मलाई १७ हजार मतले जित्नुभएकाे थियोे। तर पछि अर्को चुनावमा मैले साढे चार हजार मत फरकले जितेको थिए ।
जुनवेला पनि जनताको आवश्यकतामा साथ रहने र जनताबिच जाँदा आफुलाई गाैरव महशुस हुन्छ ।त्यसकारण जनताको बीच अपार माया र सदभाव पाएकामा खुशी व्यक्त गरेकाे छु ,त्यसैलाई जनताको आशिर्वाद ठानेकाे छु।
साे कुरा अर्यालले चुनावी प्रचारप्रसारकाे अन्तिम दिन बिराटनगर १३ मा घरदैलो अभियानको क्रममा बताए ।
संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको स्थायित्व, विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]