विराटनगर, मंसिर ४ गते । प्रतिनिधीसभा र प्रदेशसभा तर्फ प्रदेश नं. १ मा भएको मतदानमा सबभन्दा बढी मत मोरंग जिल्लामा ६४ प्रतिशत खसेको छ भने सबभन्दा कम सोलुखुम्बु जिल्लामा ५० प्रतिशत मत खसेको छ ।
प्रदेश १ मा रहेको १४ जिल्ला मध्ये ताप्लेजुगमा ५५ प्रतिशत, झापामा ६० प्रतिशत, संखुवासभामा ५१ प्रतिशत, तेहथुम ५८ प्रतिशत, धनकुटामा ६० प्रतिशत, सुनसरीमा ६२ प्रतिशत, ओखलढुगामा ५६ प्रतिशत र उदयपुरमा ५३.०६ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी पाँचथर, इलाम र खोटाङ जिल्लाको विवरण प्राप्त नभएको प्रदेश निर्वाचन कार्यालय प्रदेश नं. १ ले जानकारी गराएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]